नेभिगेशन
समाज

बुढीगण्डकीमा ठूलो बाढी, सल्लेरी र जगतमा क्षति

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजारमा क्षति पुर्‍याएको छ। बाढीले जगत बजारमा पनि ठूलो क्षति पुर्‍याएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीयका अनुसार नदीमा एक्कासि पानीको बहाव बढेपछि बाढी आएको हो। चुमनुब्री गाउँपालिकास्थित बुढीगण्डकीको सहायक नदीमा सुक्खा पहिरो खसेर नदी थुनिएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, बाढीको वास्तविक कारण पुष्टि भइसकेको छैन।

Ncell
Extreme Energy

चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले आइतबार बिहानै नदीमा ठूलो आवाजसहित पानीको बहाव बढेको जानकारी दिएका थिए। बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढेपछि नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई तत्काल सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको थियो।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुम्चेतको स्यारखोलामा आएको भेलबाढीका कारण बुढीगण्डकी नदीको जलसतह बढेको सूचना प्राप्त भएको थियो।

उनका अनुसार चुमखेततिरबाट बगेर आउने खोलामा बाढी आएको सूचना प्राप्त भएपछि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको थियो। नदीमा सुक्खा पहिरो खसेर पानी थुनिँदै र एक्कासि खुल्दै बगेका कारण बहाव बढेको हुन सक्ने आशंका गरिएको उनले बताएका थिए।

बाढीको जोखिमलाई ध्यानमा राख्दै सल्लेरी, जगत, दोभान, तातोपानी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटलगायत बुढीगण्डकी नदी आसपासका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको थियो।

बाढीबाट भएको क्षति तथा घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार बगाएको छ।
पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

उत्तरी गोरखामा ठूलो पानी परेको छैन। तर आइतबार बिहानै बुढीगण्डकीमा लेदोसहितको भेलबाढी आयो।
साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार...
चुमनुब्रीका ३५ घर बगे

चुमनुब्रीका ३५ घर बगे

चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ ।