नेभिगेशन
समाज

गोरखाका सिडिओ भन्छन्– जगतमा केही घरहरू बगे, बाढी बढ्नेघट्ने क्रम जारी छ

काठमाडौं। गोरखाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बुढीगण्डकी नदीमा आएको भेलबाढीले जगतमा केही घरहरू बगाएको बताएका छन्। बाढी बढ्नेघट्ने क्रम जारी रहेकाले तल्लो तटीय क्षेत्रसम्मै उच्च सतर्कता अपनाउन भनिएको पनि उनले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बिहान साढे चार बजेतिर सिर्दिबासबाट भेलबाढी आएको आशंका छ। हामी यसबारे बुझ्दैछौं। अहिले हामीले नदी किनारामा अलर्ट गराइरहेका छौ। जगतमा केही घरहरू बगेका छन्। मानवीय क्षति भएको छ्रैन,’ उनले सिधाकुरासँग भने।

Ncell
Extreme Energy

चुम्चेत स्यारखोलाबाट भेलबाढी आएको हुनसक्ने पनि आशंका गरिएको छ।

आइतबार बिहानै ठूलो आवाजका साथ बुढीगण्डकीमा भेलबाढी आएपछि तटीय क्षेत्रका मानिसहरू सुरक्षित स्थानतर्फ गएको स्थानीयले बताएका छन्।

प्रशासनले सल्लेरी, जगत, दोभान, तातोपानी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत, आरुघाट लगायत स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अन्तत: रुसबाट तेल आयात गर्ने ट्रम्पको निर्णय, अमेरिकामा खैलाबैला, जेलेन्स्की आक्रोशित

अन्तत: रुसबाट तेल आयात गर्ने ट्रम्पको निर्णय, अमेरिकामा खैलाबैला, जेलेन्स्की आक्रोशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट अमेरिकामा तेल तथा इन्धन आयात गर्ने घोषणा गरेका छन्।
बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार बगाएको छ।
पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

पानी परेको छैन, बुढीगण्डकीमा कसरी आयो लेदोसहितको बाढी?

उत्तरी गोरखामा ठूलो पानी परेको छैन। तर आइतबार बिहानै बुढीगण्डकीमा लेदोसहितको भेलबाढी आयो।
साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदीको रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पछिल्लो आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन्। साउदी नागरिक उड्डयन अधिकारीहरूले आइतबार...