नेभिगेशन
समाज

बुढीगण्डकीमा बाढी : सल्लेरी बजार बगायो, सोती र दोभानका पुल पनि बगे

गोरखा । गोरखाको बुढीगण्डकी नदीमा आएको ठूलो बाढीले चुमनुब्री गाउँपालिकाको सल्लेरी बजार बगाएको छ। बाढीले सोती बजारको पुल र केही टहरा तथा धार्चे गाउँपालिकाको दोभानस्थित बेलिब्रिजसमेत बगाएको छ। विभिन्न क्षेत्रमा घर तथा अन्य संरचनामा क्षति पुगेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आएको बाढी आइतबार बिहान ७ः३० बजे सोती बजार पुगेको थियो। बाढीले सोती बजारको पुल र केही टहरा बगाएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

Ncell
Extreme Energy

धार्चे गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङका अनुसार बाढीले दोभानको पुल, केरौंजा जाने पुल र केही बस्तीका घरसमेत बगाएको छ।

बाढीले गोरखाका विभिन्न क्षेत्रमा क्षति पुर्‍याएपछि उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ।

चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने आशंका गरिएको छ। त्यस्तै, चुम्चेतको स्यारखोलामा आएको भेलबाढीका कारण पनि बुढीगण्डकीको जलसतह बढेको सूचना प्राप्त भएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताएका छन्।

नदीमा एक्कासि पानीको बहाव बढेपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र अग्लो स्थानमा जान आग्रह गरिएको छ। सल्लेरी, जगत, दोभान, तातोपानी, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटलगायत नदी आसपासका बस्तीमा सतर्कता अपनाउन भनिएको छ।

बाढीको वास्तविक कारण, मानवीय क्षति र अन्य भौतिक क्षतिको पूर्ण विवरण आउन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरु

बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरु

बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको अध्ययन थालेको छ ।
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा आइतबार बिहान चार बजे बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो विनाश निम्त्याएको छ।

भर्खरै