नेभिगेशन
समाज

अन्तत: रुसबाट तेल आयात गर्ने ट्रम्पको निर्णय, अमेरिकामा खैलाबैला, जेलेन्स्की आक्रोशित

वाशिंटन डिसी । लामो प्रतिबन्ध र सत्रुतापूर्ण सम्बन्धको अन्त्य गर्दै अमेरिकाले रुससँग व्यवसायिक सम्बन्ध अगाडि बढाउने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट अमेरिकामा तेल तथा इन्धन आयात गर्ने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पको यो अप्रत्याशित कदमले अमेरिकी राजनीतिमा तीव्र विवाद सिर्जना गर्नुका साथै उनका सहयोगी राष्ट्रहरूलाई समेत चकित पारेको छ। युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कडा आपत्ति जनाएका छन्।

Ncell
Extreme Energy

भर्खरै तीन हप्ताअघि मात्र ट्रम्पले रुसी तेल र ग्यास आयात गर्ने देशहरूमाथि नयाँ अमेरिकी प्रतिबन्ध र महसुल (ट्यारिफ) लगाउने कानुनमा हस्ताक्षर गरेका थिए। तर, आफ्नो पूर्वअडान विपरीत ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नयाँ सम्झौता भएको खुलासा गरेका छन्।

ट्रम्पका अनुसार राष्ट्रपति पुटिन आउने महिनाहरूमा अमेरिका र विश्वव्यापी बजारमा लाखौँ टन डिजेल आपूर्ति गर्न सहमत भएका छन्।

महंगी र चुनावी दबाबका बीच निर्णय

यो सम्झौता यस्तो समयमा भएको छ, जब ट्रम्प प्रशासन इरान युद्धका कारण विश्वभर बढेको इन्धनको मूल्य र आन्तरिक महँगीसँग जुधिरहेको छ। अमेरिकामा आगामी नोभेम्बरमा हुन गइरहेको मध्यावधि चुनावको मुखैमा इन्धनको मूल्य ह्वात्तै बढेपछि जनतामा आक्रोश चुलिएको छ।

विशेष गरी अमेरिकाका कृषिप्रधान राज्यहरू आयोवा, कान्सास, टेक्सस र ओहायोमा इन्धन सङ्कटको गम्भीर असर परेको छ। कृषि मेसिनरी चलाउन र खाद्यान्न ढुवानीका लागि डिजेलमा बढी निर्भर रहने यी राज्यहरूमा रिपब्लिकन पार्टीले चुनाव हार्ने खतरा बढेपछि ट्रम्पमाथि राजनीतिक दबाब बढेको विश्लेषण गरिएको छ।

आफ्नो निर्णयको बचाउ गर्दै ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, 'अमेरिकनहरू, विशेष गरी हाम्रा किसान, पशुपालक र ट्रक चालकहरूका लागि इन्धनको मूल्य घटाउनु नै मेरो पहिलो प्राथमिकता हो।'

जेलेन्स्कीको कडा आपत्ति

ट्रम्पको यो निर्णयप्रति युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तीव्र असन्तोष व्यक्त गरेका छन्। उनले यस कदमलाई रुसी राष्ट्रपति पुटिनका लागि ठूलो उपहारको संज्ञा दिएका छन्।

सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा प्रतिक्रिया दिँदै जेलेन्स्कीले लेखेका छन्, 'रुसलाई पेट्रोलियम पदार्थ बेच्न अनुमति दिनु भनेको युद्ध समाप्त गर्नुको सट्टा त्यसलाई अझ लम्ब्याउन र आतङ्कवादमा लगानी गर्नु सरह हो। रुसले यसको भुक्तानी थप आतङ्क र विश्वासघातबाट गर्नेछ।'

यस्तै, ट्रम्पको यस कदमले युरोपेली सहयोगी राष्ट्रहरू र अमेरिकी राजनीतिज्ञहरूलाई समेत क्रुद्ध बनाएको छ। उनीहरूले अमेरिका आफैँले रुसी युद्ध संयन्त्रलाई वित्तीय सहयोग पुर्‍याउन थालेको भन्दै आलोचना गरेका छन्।

बजारमा कस्तो असर पर्ला ?

विश्लेषकहरूका अनुसार ट्रम्पको यो प्रयासले तत्कालै अमेरिकी बजारमा इन्धनको मूल्य घट्ने सम्भावना निकै कम छ। अमेरिकामा दैनिक करिब ३६ लाख (३.६ मिलियन) ब्यारेल डिजेल खपत हुन्छ। रुसले पठाउने भनेको ३ लाख टन डिजेल अमेरिकाको दैनिक खपतको आधा हिस्सा मात्र हो।

यसैगरी, युक्रेनी हमलाका कारण रुसका धेरैजसो डिजेल रिफाइनरीहरूमा क्षति पुगेकाले रुसले प्रतिबद्धता अनुसार इन्धन आपूर्ति गर्न सक्छ या सक्दैन भन्नेमा पनि अनिश्चितता कायमै छ।

आगामी चुनावमा मतदातालाई रिझाउन ट्रम्पले चालेको यो कूटनीतिक जोखिमले उनलाई राजनीतिक फाइदा पुर्‍याउँछ वा थप विवादमा तान्छ, त्यो भने हेर्न बाँकी नै छ।

आगामी नोभेम्बरमा अमेरिकामा मध्यावधि चुनाव हुँदैछ। आयोवा, कान्सास, टेक्सस र ओहायो जस्ता कृषिप्रधान राज्यहरूमा डिजेलको मूल्यवृद्धिका कारण रिपब्लिकन पार्टी सङ्कटमा परेको छ।

ट्रम्पले इन्धनमा लाग्ने सङ्घीय कर हटाउने र इरानमाथिको हमला चुनाव नसकिउन्जेल रोक्ने बाचा गरे पनि, रुससँगको यो सम्झौताले उनलाई कति राजनीतिक फाइदा पुर्‍याउँछ भन्ने अझै अनिश्चित छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको अध्ययन थालेको छ ।
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ ।
भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

भोटेकोशीको झल्को दिने बुढीगण्डकीको भीषण बाढी– कहाँकहाँ के बिगार्‍यो?

गोरखाको उत्तरी क्षेत्रमा पर्ने चुमनुब्री गाउँपालिकामा आइतबार बिहान चार बजे बुढीगण्डकी नदीमा आएको भीषण बाढीले ठूलो विनाश निम्त्याएको छ।

भर्खरै