नेभिगेशन
समाज

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन

काठमाडौं । बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि हेलिकप्टर परिचालन गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीको खबरलगत्तै घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसकेको गृहमन्त्री सुधन गुरुङले जानकारी दिए । 

Ncell
Extreme Energy

'नेपालले फेरि अर्को भीषण बाढीको सामना गर्नुपरेको छ र यसपालि मेरै आफ्नै निर्वाचन क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिका वडा नं. ३, न्याक्चेत र फिलिम बजार जोड्ने पुल बगेको तथा घट्टेखोला क्षेत्रका केही घरहरूमा लेदोसहितको पानी पसी नदीको बहाव निरन्तर बढिरहेको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,' गुरुङले फेसबुकमा लेखेका छन्, 'घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय प्रशासनलाई उद्धार, राहत र सुरक्षित स्थानमा स्थानान्तरणका लागि हेलिकप्टरहरू घटनास्थलमा परिचालन भइसकेका छन्।'

गुरुङले विशेष गरी बूढीगण्डकी नदी किनार तथा तटीय क्षेत्रमा रहेका सिर्दिबास, जगत, सल्लेरी, खोलबेसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण हुन र उच्च सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

'कृपया धैर्य रहनुहोला र सुरक्षित रहनुहुनेछ। कृपया कुनै पनि आपतकालिन सहायताका लागि गृह मन्त्रालयको १२३४ मा सम्पर्क गर्नुहोला,' उनले भनेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम

बूढीगण्डकीमा बाढी खतरा तहभन्दा माथि, बेनीघाटसम्म अति उच्च जोखिम

बूढीगण्डकी नदीमा जलसतह खतरा तहभन्दा माथि रहेकाले त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।
पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाइदिने

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको भीषण बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको...
बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बुढीगण्डकी बाढीको अध्ययन गर्दै बाढी पूर्वानुमान महाशाखा, यी हुन् सम्भावित कारणहरू

बाढी पूर्वानुमान महाशाखाले बुढीगण्डकी नदीमा आएको आकस्मिक बाढीको अध्ययन थालेको छ ।

भर्खरै