नेभिगेशन
समाज

बूढीगण्डकी बाढीले अहिलेसम्म केके गर्‍यो?

गोरखा । बूढीगण्डकी नदीमा आएको भीषण बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, मोटरेबल पुल र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्‍याएको छ। बाढीले आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भागसमेत बगाएको छ। उक्त पुलमा क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राप्त विवरणअनुसार चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौंजा जोड्ने झोलुङ्गे पुल पनि बगाएको छ।

Ncell
Extreme Energy

माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा टहरामा क्षति पुगेको छ।

धार्चे गाउँपालिका–३ सल्लेरीमा सुरुमा २० देखि २२ वटा घर जोखिममा रहेको विवरण प्राप्त भएको थियो। पछिल्लो विवरणअनुसार त्यहाँ निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस र आसपासका सातदेखि आठवटा घर बाढीले बगाएको छ।

त्यस्तै, आरुघाट गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने मान्वुस्थित सोतीको फलामे मोटरेबल पुल पनि बाढीले बगाएको छ।

बाढी तल्लो तटीय क्षेत्रतर्फ फैलिने क्रममा बिहान ८ बजे आरुघाट र ८ः५५ बजे घ्यालचोक पुगेको विवरण प्राप्त भएको छ।

आरुघाट गाउँपालिका–९ नयाँपुलमा गोरखा र धादिङ जोड्ने पक्की पुलका तीन भागमध्ये गोरखातर्फको एउटा भाग बाढीले बगाएर क्षति पुर्‍याएको छ। पुलमा क्षति पुगेपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

बाढी प्रभावित क्षेत्रमा थप क्षतिको विवरण संकलन, जोखिमयुक्त स्थानको अनुगमन र उद्धार कार्य जारी रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन्।