नेभिगेशन
समाज

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सेना परिचालन, ६ जनाको हवाई उद्धार

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले बूढीगण्डकी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन गरिएको बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीपछि खोज तथा उद्धारका लागि नेपाली सेनाको फौज हवाई र स्थलमार्गबाट परिचालन गरिएको जानकारी दिएका हुन्।

Ncell
Extreme Energy

उनका अनुसार पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ। काठमाडौंमा रहेको नेपाली सेनाको कम्पोजिट क्विक रेस्पोन्स टिमलाई समेत हवाई साधनबाट प्रभावित क्षेत्रमा तैनाथ गरिएको उनले बताएका छन्।

बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न हेलिकप्टर परिचालन गरिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई आपत्कालीन सहयोग आवश्यक परे एम्बुलेन्सका लागि १०२, जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) का लागि १२३४, जिल्ला प्रहरी कार्यालय गोरखाका लागि ९८५६०६११९० र सहायक प्रमुख जिल्ला अधिकारीका लागि ९८५६०५७७७८ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह

विपद्को यस घडीमा प्रभावित नागरिकको सहयोगका लागि सबै एकजुट हुनुपर्ने प्रचण्डको भनाइ छ।
कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

कांग्रेसमा उपसभापति र महामन्त्रीको मतगणना : खुलातर्फ भण्डारी र पौडेल अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भइरहेको मतगणनामा उपसभापति र महामन्त्रीका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।
बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

बूढीगण्डकी बाढीः ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

यसैगरी, माछिखोला र केरौँजाजोड्ने झोलुङ्गे पुल, चुमनुब्रीको ठाडो भर्याङ र जगत जोड्ने पुल र सिर्दिबासको घट्टेखोला र फिलिमजोड्ने झोलुङ्गे पुल पनि बगेका छन् ।
बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न गगन थापाको अपिल

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेका छन्।