नेभिगेशन
समाज

बूढीगण्डकी बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि राप्रपाको माग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गोरखाको चुमनुब्री गाउँपालिकामा स्यार खोला थुनिएर आएको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावितको उद्धार, राहत र पुनर्स्थापनामा तत्काल जुट्न सरकारसँग माग गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बाढीले पक्की तथा झोलुङ्गे पुल, भौतिक संरचना र बस्तीमा क्षति पुर्‍याएको भन्दै दुःख व्यक्त गरेका हुन्।

Ncell
Extreme Energy

उनले विपद् प्रभावित नागरिकको उद्धार, घाइतेको उपचार र बेपत्ताको खोजी कार्य प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्। प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित आवास र खाद्यान्नको व्यवस्था गर्न तथा जोखिममा रहेका नागरिकको सुरक्षामा विशेष ध्यान दिन पनि उनले आग्रह गरेका छन्।

क्षतिग्रस्त संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनर्स्थापनाका लागि सरकारले अविलम्ब आवश्यक कदम चाल्नुपर्ने लिङ्देनको माग छ।

उनले प्रभावित नागरिकप्रति सहानुभूति व्यक्त गर्दै राप्रपा उनीहरूको साथमा रहेको बताएका छन्। साथै, नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

बेत्राबतीमा बेलिब्रिज, चल्न थाले गाडी

नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज आज  गल्छी–रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ।
बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी बाढी : सेनाद्वारा १ विदेशीसहित ३६ जनाको उद्धार

बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका एमआई–१७ सहित ४ वटा हेलिकोप्टर र फौज परिचालन गरिएको सेनाले जनाएको छ ।
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान

पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा भीषण बाढी आएको प्रारम्भिक अनुमान

गोरखाको चुमनुब्री गाउँपालिका–६, तुम्जे क्षेत्रमा पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा आकस्मिक बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्बिरहरू)

हनुमानढोकाको दशैंघरमा राखियो जमरा (तस्बिरहरू)

बडादशैंको पहिलो दिन घटस्थापनाको अवसरमा आइतबार हनुमानढोकास्थित दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।