नेभिगेशन
समाज

समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारीका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ। अनलाइन प्रणालीमा पेस गरिएको मागदाबीबापतको रकम राष्ट्रिय भुक्तानी गेटवेबाट सम्बन्धित बचतकर्ताको बैंक खातामा सिधै भुक्तानी हुने व्यवस्था गरिएको समितिले जनाएको छ।

Ncell
Extreme Energy

समितिका अनुसार बचतकर्ताले मागदाबीमा उल्लेख गरेको विवरण परिवर्तन वा अद्यावधिक गर्न सक्नेछन्। त्यसका लागि प्रत्येक मागदाबीमा एउटा मात्र मोबाइल नम्बर प्रयोग गर्नुपर्नेछ। उक्त नम्बरमा प्राप्त हुने ओटीपीका आधारमा विवरण संशोधन गर्न सकिने व्यवस्था गरिएको छ।

मागदाबीमा नाम गलत भएको, मोबाइल नम्बर अपुष्ट रहेको, परिचय तथा बचत पुष्टि हुने प्रमाण संकलन नभएको वा एउटै बचतकर्ताले एकभन्दा बढी मागदाबी पेस गरेको अवस्थामा आवश्यक प्रमाणसहित विवरण अद्यावधिक गर्नुपर्नेछ।

त्यस्तै, एउटै मोबाइल नम्बर प्रयोग गरेर एकभन्दा बढी मागदाबी पेस गरिएको अवस्थामा प्रत्येक मागदाबीमा फरक मोबाइल नम्बर राख्नुपर्ने भएमा आवश्यक विवरणसहित समितिको इमेलमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

समितिले विवरण अद्यावधिक र मोबाइल नम्बर संशोधनसम्बन्धी यो व्यवस्था पहिलोपटकका लागि २०८३ साल कात्तिक मसान्तसम्म लागू हुने जनाएको छ। समितिले सम्बन्धित सबै बचतकर्तालाई उक्त समयसीमाभित्र आवश्यक विवरण अद्यावधिक गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोले खोला थुनिएर आएको बूढीगण्डकी नदीको बाढीले विभिन्न बस्तीका घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट २७ जनालाई...
कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।