नेभिगेशन
समाज

कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

उपसभापतिमा भण्डारी र आचार्यको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुल ७ हजार ४३ मत खसेकामा हालसम्म २ हजार २३१ मत गणना भएको छ।

Ncell
Extreme Energy

उपसभापतिको खुलातर्फ दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा भण्डारीले १ हजार ५७ मत पाएका छन्। मधु आचार्यले ७१२, सुरेन्द्रराज पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३०१ र चन्द्रमोहन यादवले १९३ मत पाएका छन्।

उपसभापतिको समावेशी एक पदमा विनोदकुमार चौधरी ६१५ मतसहित अगाडि छन्। जीवन परियारले ५७८, सीता गुरुङले ३३४, फरमुल्लाह मन्सुरले २८५ र रञ्जित कर्णले १८३ मत पाएका छन्।

महामन्त्रीको खुलातर्फ दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा प्रदीप पौडेलले १ हजार ३८१ मतसहित अग्रता लिएका छन्। यस्तै उदयशमशेर राणाले ७८६ मतका साथ अमरसिंह पुनलाई उछिनेका छन्। पुनले ६९५, डा. सुनिलकुमार शर्माले ५२६, गुरुराज घिमिरेले ३२८, नैनसिंह महरले २७०, शंकर तिवारीले ४६ र डा. सन्तोष उपाध्यायले २८ मत पाएका छन्।

महामन्त्रीको महिला एक पदमा डा. डिला संग्रौला (पन्त) ले ९६५ मत पाएकी छन्। उनलाई महालक्ष्मी उपाध्याय (डिना) ले ९५२ मतसहित पछ्याइरहेकी छन्। रीता खनालले २५१ मत पाएकी छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोले खोला थुनिएर आएको बूढीगण्डकी नदीको बाढीले विभिन्न बस्तीका घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट २७ जनालाई...