नेभिगेशन
समाज

बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

काठमाडौं । गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोले खोला थुनिएर आएको बूढीगण्डकी नदीको बाढीले विभिन्न बस्तीका घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट २७ जनालाई सुरक्षित स्थानमा उद्धार गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राप्त विवरणअनुसार असोज २५ गते बिहान साढे ५ बजे चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीचको सिरिङ्गे हिमालमा हिमपहिरो गएको थियो। हिमपहिरोका कारण स्थानीय उइनगुलुङ खोला थुनिएपछि बूढीगण्डकी नदीमा एक्कासि बाढी आएको प्रारम्भिक विवरणमा उल्लेख छ।

Ncell
Extreme Energy

घट्टेखोलामा घर र भवन बगायो

बाढीले चुमनुब्री गाउँपालिका–३ घट्टेखोलामा स्थानीय बहादुर गुरुङको घरमा बाढी पसेको छ भने सपना गुरुङको एउटा कच्ची घर र भैवा गुरुङका दुईवटा कच्ची घर बगाएको छ। त्यस्तै, विकास गुरुङको पाँचकोठे भवन र दुधपोखरी आमा समूहको तीनकोठे भवन पनि बाढीले बगाएको विवरणमा उल्लेख छ।

सोही वडाको पैयुमा करिब ६–७ वटा र बगरमा ५–६ वटा घर पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। सिर्दिबासमा रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको छ।

चुमनुब्री–३ सल्लेरीमा २०–२२ वटा घर जोखिममा रहेको विवरण छ। त्यहाँ निर्माणाधीन सहज ऊर्जा जलविद्युत् आयोजनाको पावरहाउस र आसपासका ७–८ वटा घर बगाएको जनाइएको छ।

धार्चे र आरुघाटमा पनि क्षति

धार्चे गाउँपालिका–१ यारुबगरमा करिब १०–१२ वटा घर र दोभानमा ५–६ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण छ। दुवै स्थानमा रहेका जलविद्युत् आयोजनामा समेत क्षति पुगेको बताइएको छ।

धार्चे–५ माछिखोलाको तल्लो बस्तीमा बाढी पसेर घर तथा टहरामा क्षति पुगेको छ। प्रारम्भिक विवरणमा ५–७ वटा घर र त्यति नै संख्यामा टहरामा बाढी पसेको उल्लेख छ। अर्को विवरणमा करिब १० वटा घरमा बाढी पसेको, किराना सामान राख्ने चारवटा स्टोर तथा १०–१२ वटा बंगुरका खोर पुरिएको जनाइएको छ।

आरुघाट गाउँपालिका–३ सोतीमा करिब १४–१५ वटा घरमा बाढी पसेको छ। धार्चे–१ दोभानमा पनि घरमा क्षति पुगेको विवरण छ।

चार पुलमा क्षति, सडक अवरुद्ध

बाढीले चुमनुब्री–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल बगाएको छ।

आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल पनि बाढीले बगाएको छ। त्यस्तै, आरुघाट–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने तीन खण्डको पक्की पुलमध्ये गोरखातर्फको एक खण्ड बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

२७ जनाको उद्धार

बाढी प्रभावित धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका १८ जना नेपाली नागरिकलाई नेपाली सेनाको हेलिकप्टरले सुरक्षित स्थानमा उद्धार गरेको छ। उद्धार गरिएकामा स्थानीय बासिन्दा र जलविद्युत् आयोजनामा काम गर्ने श्रमिक रहेका छन्।

त्यस्तै, चुमनुब्री गाउँपालिका–३ न्याकफेदीबाट नौ जनालाई उद्धार गरी न्याकगाउँमा सुरक्षित स्थानमा पुर्‍याइएको विवरणमा उल्लेख छ।

यो प्रारम्भिक क्षति विवरण हो। बाढीबाट भएको कुल क्षति र अन्य प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

कांग्रेस महाधिवेशन– महामन्त्रीमा उदयशमशेरले जिते अमरसिंह पुनलाई

नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। पछिल्लो मतपरिणामअनुसार उपसभापतिको खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्रीको खुलातर्फ प्रदीप पौडेलले अग्रता लिएका छन्।