नेभिगेशन
समाज

बूढीगण्डकी बाढी : उद्धार र राहतमा जुट्न रास्वपा सदस्यलाई रवि लामिछानेले दिए निर्देशन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सहयोगमा जुट्न पार्टीका सदस्यहरूलाई निर्देशन दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार बिहान गोरखाको चुमनुब्री क्षेत्रमा आएको बाढीले व्यापक क्षति पुर्‍याएको र न्याक्चेत–फिलिम तथा धादिङ–गोरखा जोड्ने महत्त्वपूर्ण पुलसमेत बगाएको खबरले आफू मर्माहत भएको लामिछानेले बताएका छन्।

Ncell
Extreme Energy

उनले बाढीबाट प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै जोखिम अझै कायम रहेकाले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका बासिन्दालाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

सुरक्षित स्थानमा बस्न र स्थानीय प्रशासनको निर्देशन पूर्ण रूपमा पालना गर्न आग्रह गर्दै लामिछानेले विपद्का बेला प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गरेर सहयोगमा जुट्न रास्वपा सदस्यहरूलाई निर्देशन दिएका हुन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।
बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी–जोमसोम सडक खुल्यो, १७३ कन्टेनर गन्तव्यतर्फ

बेनी—जोमसोम सडक सञ्चालन भएसँगै १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

कांग्रेस महिला महामन्त्रीमा डिना कि डिला ?

डिलाले ९६५ मत पाउँदा डिनाले ९५२ मत पाएकी छन् । डिलाभन्दा डिना १३ मतले पछाडि छिन् ।
बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

बूढीगण्डकी बाढी : अहिलेसम्म केके क्षति भयो ?

गोरखाको उत्तरी क्षेत्रमा हिमपहिरोले खोला थुनिएर आएको बूढीगण्डकी नदीको बाढीले विभिन्न बस्तीका घर, झोलुङ्गे तथा पक्की पुल र जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। बाढी प्रभावित क्षेत्रबाट २७ जनालाई...