नेभिगेशन
समाज

बूढीगण्डकीको बाढीले पुल बगाएपछि आजैबाट बेलिब्रिज राख्ने तयारी

काठमाडौं। बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेलिब्रिज निर्माणका लागि आवश्यक सामान सडक डिभिजन कार्यालय हेटौँडाबाट ल्याउने तयारी भइरहेको गोरखा सडक योजनाले जनाएको छ। सामान आइपुगेलगत्तै निर्माणको काम सुरु गरिने कार्यालय प्रमुख विनोद पुनले जानकारी दिएका छन्।

Ncell
Extreme Energy

उनका अनुसार हेटौँडाबाट सामान ल्याउने तयारी भइरहेको र सम्भवतः भोलिसम्म सामान आइपुग्नेछ। सामग्री आएलगत्तै काम सुरु हुने उनले बताएका छन्।

बेलिब्रिज निर्माणका लागि नेपाली सेनाको टोली पनि फिल्डमा खटिएको छ। रुद्रध्वज गणका गणपति विरोध रिजालका अनुसार निर्माणस्थलको अवलोकन गर्न टोली खटाइसकिएको छ।

‘रेकीका लागि टोली गइसकेको छ। हेटौँडाबाट सामान आएलगत्तै काम सुरु हुन्छ,’ रिजालले पनि भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

कांग्रेसमा ३४ सय भोट गन्दा कसले कति ल्याए ?

३ हजार ४३५ मतगणना हुँदा खुला उपसभापतिमा डा. चन्द्रकान्त भण्डारीले १ हजार ६ सय ८६ मतसहित अग्रता लिएका छन् ।
बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

बूढीगण्डकी बाढीपछि यी हुन् पाँच सम्पर्कविहीन

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालको फेदी उङ्गिलुङको भेडीगोठमा रहेका पाँच जना बूढीगण्डकी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका छन्।
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...
बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित ४९ जनाको उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट नेपाली सेनाले ४९ जनाको उद्धार गरेको छ ।