नेभिगेशन
समाज

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै

काठमाडौँ । नवरात्रको दोस्रो दिन सोमबार आज नवदुर्गामध्येकी दोस्रो देवी ब्रह्मचारिणीको पूजा आराधना गरिँदै छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैँ घर तथा पूजा कोठामा घटस्थापना गरिएको स्थानमा आज ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवरात्रको पहिलो दिन आइतबार वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिएको थियो ।

Ncell
Extreme Energy

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ । देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।

नौ दिनसम्म पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादस्वरूप टीका र जमरा लगाउने चलन छ ।

संसारका समग्र प्राणीलाई सच्चिदानन्द स्वरूप ब्रह्मको बोध गराउन निरन्तर लागिरहने मान्यताका आधारमा नवदुर्गामध्येकी दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ । राज्यका तर्फबाट नवदुर्गाको पूजा गरिने हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि आज विधिपूर्वक ब्रह्मचारिणी देवीको पूजा आराधना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।
मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
आज यी ठाउँमा वर्षा र हिमपात हुने

आज यी ठाउँमा वर्षा र हिमपात हुने

सोमबार कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता

कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको अग्रता

नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदको मतगणनामा रामहरि खतिवडाले अग्रता लिएका छन् ।