नेभिगेशन
समाज

प्राचार्य कुटपिटको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्राचार्य विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ पर्नेमा स्थानीय निशान दाहाल र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष ध्रुवप्रसाद घिमिरे छन् । उनीहरूलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार विद्यालयमा विद्यार्थी भर्नासम्बन्धी विवादका क्रममा प्राचार्य पण्डितमाथि कुटपिट भएको थियो । भर्नाका विषयमा प्राचार्यले म्याद सकिएको जवाफ दिएपछि विवाद भएको बताइएको छ ।

विद्यालयको प्राङ्गणमै प्राचार्यमाथि कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । भिडियोमा एक युवकले प्राचार्य पण्डितसँग विवाद गर्दै कुरा नमिलेपछि मुक्का र लात्ती प्रहार गरेको देखिन्छ ।

घटनालाई शिक्षा तथा खेलकुद मन्त्रालयले समेत गम्भीर रूपमा लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

क्यानडामा जात तथा वंशका आधारमा हुने विभेदलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताको रूपमा स्पष्ट मान्यता दिन माग गरिएको छ ।
ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

ट्रम्पद्वारा रुस-युक्रेन 'ऊर्जा युद्धविराम'को दाबी, जेलेन्स्कीद्वारा समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच 'ऊर्जा युद्धविराम' (बिजुली र तेलका क्षेत्रमा हमला नगर्ने सहमति) भएको दाबी गरेका छन् ।
म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

म्याग्दी र मुस्ताङ जोड्ने भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या

बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।
मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

मालढुङ्गा पुलको पहुँचमार्ग निर्माण अन्तिम चरणमा, आजदेखि यातायात सञ्चालन गर्ने तयारी

बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको क्षतिग्रस्त पहुँचमार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।