नेभिगेशन
समाज

क्यानडामा जातीय विभेद अन्त्य गर्न सहयात्राद्वारा राष्ट्रसंघमा ज्ञापनपत्र

टोरन्टो । क्यानडामा जात तथा वंशका आधारमा हुने विभेदलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताको रूपमा स्पष्ट मान्यता दिन माग गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय सञ्जाल ('सहयात्रा) ले संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्की समकालीन जातीय भेदभाव, विदेशीप्रति घृणा र असहिष्णुता विषयक विशेष प्रतिवेदनकर्ता अश्विनी के.पी. समक्ष ज्ञापनपत्र बुझाएको हो । 

Ncell
Extreme Energy

समकालीन जातीयता, जातीय भेदभाव, विदेशीप्रति घृणा र सम्बन्धित असहिष्णुता ज्ञापनपत्रमा विषय समेटिएको सहयात्राले जनाएको छ । 

बेलायती कोलम्बियाको मानव अधिकार ट्रिब्युनलले कार्यस्थलमा हुने जातीय गालीगलौजबारे गरेको निर्णय र अन्टारियो मानव अधिकार आयोगको निर्देशिकालाई उद्धृत गर्दै डायस्पोरा समुदायको दैनिक जीवन, रोजगारी, शिक्षा र सामाजिक सम्बन्धमा जातीय विभेदको प्रभाव कायमै रहेको उल्लेख गरेको छ।

संस्थाले संयुक्त राष्ट्रसङ्घ र क्यानडा सरकारलाई क्यानडामा जात तथा वंशमा आधारित भेदभावलाई समकालीन जातीय भेदभाव र संरचनात्मक असमानताको रूपमा स्पष्ट रूपमा सम्बोधन गर्न आग्रह गरेको छ । 

सञ्जालका सभापति डा. द्रोण प्रकाश रसाली र अध्यक्ष सन्तोष विश्वकर्माद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा क्यानडाको विद्यमान मानव अधिकार संरचनामा जातीय विभेदसम्बन्धी रहेको ‘ब्लाइन्ड स्पट’ सम्बोधन गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती

दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी सयपत्री फूलले पहेँलपुर बनेका छन् ।
बुढीगण्डकी बाढीबाट ४१२ मेगावाट क्षमताका आयोजनामा क्षति, सरकारले १० घण्टामै पुर्‍यायो विजुली

बुढीगण्डकी बाढीबाट ४१२ मेगावाट क्षमताका आयोजनामा क्षति, सरकारले १० घण्टामै पुर्‍यायो विजुली

सरकारले बुढीगण्डकी करिडोरमा बाढीबाट प्रभावित विद्युत् सेवा पुनः सञ्चालन गरेको छ ।
सर्वाधिक मतसहित कांग्रेसको उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीले भने, ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’

सर्वाधिक मतसहित कांग्रेसको उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीले भने, ‘विश्वासको शिर कहिल्यै झुक्न दिनेछैन’

नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्र, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्र, मधु, विनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर  विजयी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ।

भर्खरै