नेभिगेशन
समाज

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

सियोल । दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सेनाको संयुक्त चिफ अफ स्टाफका अनुसार स्थानीय समयअनुसार बिहान ९ः२० बजे प्योङयाङ क्षेत्रबाट प्रक्षेपण गरिएका केही मिसाइलले ९०० किलोमिटरभन्दा बढी दूरी पार गरेका छन् । दक्षिण कोरिया र अमेरिकाले मिसाइलको विशेषता विश्लेषण गरिरहेका छन् । जापानले पनि कम्तीमा एउटा शङ्कास्पद ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको पुष्टि गरेको छ । दक्षिण कोरियाले सैन्य तयारीको समीक्षा गर्न आकस्मिक सुरक्षा बैठक बोलाएको छ ।

Ncell
Extreme Energy

यसअघि असैन्यीकृत क्षेत्र (डिएमजेड) मा बारुदी सुरुङ विस्फोट हुँदा दक्षिण कोरियाका तीन सैनिक घाइते भएका थिए । दक्षिण कोरिया र संयुक्त राष्ट्रसङ्घको संयुक्त अनुसन्धानले उक्त क्षेत्रमा उत्तर कोरियाले गत वर्ष बारुदी सुरुङ बिछ्याएको निष्कर्ष निकाले पनि प्योङयाङले त्यसलाई अस्वीकार गरेको छ । उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले दक्षिण कोरियाले माफी माग्नुपर्ने मागलाई ‘घृणित’ भन्दै दक्षिण कोरियाबाट प्राप्त चिकित्सा उपकरण सहयोगको प्रस्तावसमेत अस्वीकार गरेका छन् ।

अक्टोबर ३ मा उत्तर कोरियाले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उक्त मिसाइलमा कृत्रिम बौद्धिकता प्रविधि प्रयोग गरिएको र त्यसले कम उचाइमा उडानको मार्ग परिवर्तन गर्न सक्ने किम यो जोङले बताएका थिए । त्यसको केही दिनपछि दक्षिण कोरियाले पनि स्वदेशमै विकसित हाइपरसोनिक ग्लाइड भेहिकलको सफल परीक्षण गरेको जनाएको थियो । दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले उक्त हतियारले कोरियाली प्रायद्वीपका प्रमुख सैन्य लक्ष्यमा प्रहार गर्न सक्ने जनाएको छ ।

किम यो जोङले उत्तर र दक्षिण कोरियाबीच सम्बन्ध सुधार गर्न सियोलले उत्तर कोरियाप्रति सम्मान र इमानदारी देखाउनुपर्ने बताएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ–उनसँग भेट गर्ने सम्भावना व्यक्त गरेपछि दक्षिण कोरिया सम्भावित आणविक वार्तामा किनारामा पर्न सक्ने चिन्तासमेत बढेको छ । ट्रम्पको भेटसम्बन्धी प्रस्ताव आएको भोलिपल्ट उत्तर कोरियाले छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो ।

कोरियाली युद्ध सन् १९५३ मा शान्ति सन्धिको सट्टा युद्धविराममा टुङ्गिएकाले दुवै देश प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । डिएमजेडमा हुने यस्ता घटनाले दुई देशबीचको तनाव बारम्बार बढाउँदै आएका छन् । एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।

भर्खरै