नेभिगेशन
समाज

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूलाई अमूल्य मत प्रदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै नेता घिमिरेले १ हजार ५१३ मत सङ्ख्या मात्र नभई निष्ठा र रूपान्तरणको पक्षमा उभिएको भरोसा भएको उल्लेख गरेका छन्।

Ncell
Extreme Energy

घिमिरेले लोकतन्त्रमा हार–जितलाई स्वाभाविक प्रक्रियाका रूपमा स्वीकार गर्दै चुनावी परिणामबाट विचलित नभई नयाँ शिराबाट राजनीतिक यात्रा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।  "यो अन्त्य होइन, नयाँ सुरुवात हो। अबको राजनीति फरक सोच, फरक शैली र फरक संस्कारसहित अघि बढ्नेछ—जहाँ निष्ठा, विचार, संवाद, इमानदारी र पार्टी रूपान्तरण प्रमुख आधार हुनेछन्।"

नेता घिमिरेले १५औँ महाधिवेशनबाट निर्वाचित उपसभापति लगायत सम्पूर्ण पदाधिकारीहरूलाई सफल कार्यकालको बधाई तथा शुभकामना दिएका छन्। 

आगामी दिनमा पार्टीका आन्तरिक चुनौतीहरूको सामना गर्न, सम्पूर्ण साथीहरूबीच एकता अभिवृद्धि गर्न र मूल्याङ्कन पद्धतिको पारदर्शी प्रयोगमार्फत आगामी निर्वाचनमा सफलता हासिल गर्न निर्वाचित टोली सफल हुने अपेक्षा उनले व्यक्त गरेका छन्।

नेपाली कांग्रेसलाई थप गतिशील, लोकतान्त्रिक र जनउत्तरदायी बनाउने अभियानमा आफू निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

भर्खरै