नेभिगेशन
समाज

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

पेरिस । तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युरोपेली सङ्घको जलवायु अनुगमन नियोग 'कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस'का अनुसार गत सेप्टेम्बर महिनामा प्रशान्त महासागरको 'निनो३.४' क्षेत्रमा समुद्रको सतहको तापक्रम २९.७० डिग्री सेल्सियस पुगेको छ ।

Ncell
Extreme Energy

यो तापक्रम यसअघिका शक्तिशाली एल निनो वर्षहरू १९८२/८३, १९९७/९८ र २०१५/१६ को अधिकतम तापक्रमभन्दा पनि बढी हो । चालू वर्षको अन्त्यतिर मात्र आफ्नो चरम बिन्दुमा पुग्ने अनुमान गरिएको यस मौसमी प्रणालीले समयअगावै रेकर्ड तोड्नुलाई विज्ञहरूले यसको असाधारण तीव्रतातर्फको संकेतका रूपमा लिएका छन् ।

भूमध्यरेखीय प्रशान्त महासागरको सतहको पानी सामान्यभन्दा तातो हुने प्राकृतिक प्रक्रिया नै एल निनो हो । यसले विश्वव्यापी रूपमा हावापानी, वर्षा र समुद्री चापमा परिवर्तन ल्याई अतिवृष्टि, खडेरी तथा विश्वव्यापी तापक्रम वृद्धि (ग्लोबल वार्मिङ) को जोखिमलाई अझ बढाउने गर्छ ।

के यो इतिहासकै सबैभन्दा शक्तिशाली एल निनो हो?

जापानको मौसम विज्ञान एजेन्सीले एल निनो अनुगमन क्षेत्रको तापक्रम सामान्यभन्दा ४ डिग्री सेल्सियसले बढेर इतिहासकै सबैभन्दा बलियो स्थितिमा पुगेको दाबी गरेको छ ।

तानि, कोपर्निकसले भने अहिले नै यसलाई 'इतिहासकै सबैभन्दा शक्तिशाली' भन्न नसकिने जनाएको छ । जलवायु परिवर्तनका कारण समग्र महासागरहरू पहिल्यै तातो भइसकेकाले नयाँ र पुराना एल निनोबीच तुलना गर्न जटिल हुने उसले स्पष्ट पारेको छ । महासागरको तापक्रम वृद्धिलाई ध्यानमा राखेर तयार पारिएको नयाँ सूचकांक अनुसार यो घटना अझै विगतका चरम अवस्थाभन्दा माथि पुगिनसकेको देखिए पनि यसको तीव्रता निकै उच्च रहेको छ ।

समुद्री तापक्रम र पेरिस सम्झौतामाथि खतरा

सेप्टेम्बर महिनामा विश्वव्यापी समुद्रको सतहको औसत तापक्रम २१.०५ डिग्री सेल्सियस पुगेर नयाँ रेकर्ड कायम भएको छ । त्यस्तै, समग्र विश्वले इतिहासकै दोस्रो तातो सेप्टेम्बर महिना अनुभव गरेको छ, जहाँ औसत वायुमण्डलीय तापक्रम औद्योगिक क्रान्तिपूर्व (१८५०–१९००) को औसतभन्दा १.६३ डिग्री सेल्सियसले बढी थियो ।

जलवायु परिवर्तनसम्बन्धी २०१५ को पेरिस सम्झौता अनुसार विश्वव्यापी तापक्रम वृद्धिलाई पूर्व-औद्योगिक स्तरभन्दा १.५ डिग्री सेल्सियसभित्रै सीमित राख्ने लक्ष्य लिइएको थियो । तर संयुक्त राष्ट्रसङ्घ र कोपर्निकसका निर्देशक कार्लो बुओन्टेम्पोले लगातार १.५ डिग्रीभन्दा बढी तापक्रम दर्ता भइरहेको र बलियो एल निनोका कारण यो क्रम सन् २०२७ सम्म जारी रहने सम्भावना औंल्याएका छन् ।

विज्ञहरूका अनुसार जीवाश्म इन्धनको प्रयोग घटाएर हरितगृह ग्याँस उत्सर्जन द्रुत गतिमा कम नगरेसम्म तापक्रम वृद्धिलाई पुनः नियन्त्रणमा ल्याउन असम्भवप्रायः हुनेछ । एएफपी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

भर्खरै