नेभिगेशन
समाज

बडादसैँ : नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ । बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् । नयाँ बसपार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।

Ncell
Extreme Energy

नयाँबसपार्क सञ्चालन गरेको संस्था लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले यही असोज १७ देखि २५ गतेसम्म नयाँबसपार्कबाट मात्र दुई लाख सात हजार २५१ यात्रु बाहिरिएको जानकारी दिए ।

उनका अनुसार असोज १७ गते १८ हजार ७२९, असोज १८ गते १९ हजार ५३०, असोज १९ गते २३ हजार १६, असोज २० गते २९ हजार ६०२, असोज २१ गते २२ हजार २८८, असोज २२ गते २५ हजार २०१, असोज २३ गते ३१ हजार २३५, असोज २४ गते १६ हजार ९७० र असोज २५ गते २९ हजार ३८० यात्रु बाहिरीएका छन् ।

दसैँका लागि घर फर्किने यात्रुको सङ्ख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए ।

यही असोज २३ गते अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भासिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौँमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताए ।

महासङ्घले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

प्रशान्त महासागरको मुख्य क्षेत्रमा एल निनोले तोड्यो तापक्रमको ऐतिहासिक रेकर्ड

तीव्र रूपमा शक्तिशाली बन्दै गएको प्राकृतिक मौसमी प्रणाली 'एल निनो'ले प्रशान्त महासागरको मुख्य क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड कायम गरेको छ ।
सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपरान्हसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ ।
महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

महामन्त्रीमा पराजित भएपछि गुरुराज घिमिरेले भने, ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले चुनावी परिणाम सार्वजनिक भएपछि आफ्नो प्रतिक्रिया दिँदै प्राप्त जनमतलाई विश्वास र आगामी राजनीतिक यात्राको प्रेरणाका रूपमा लिने बताएका छन्।
उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

उत्तर कोरियाद्वारा ब्यालेस्टिक मिसाइल प्रहार, दक्षिण कोरियाले बोलायो आकस्मिक सुरक्षा बैठक

दक्षिण कोरियासँगको सीमामा बारुदी सुरुङ विस्फोटपछि तनाव बढिरहेका बेला उत्तर कोरियाले सोमबार पूर्वी तटबाट जापानको सागरमा धेरै ब्यालेस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

भर्खरै