नेभिगेशन
समाज

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिमका केन्द्रीय सदस्यको मतगणना आज

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीसहित पिछडिएको क्षेत्र र सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य चयनका लागि आज मतगणना हुँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केन्द्रीय निर्वाचन समितिका अनुसार असोज २६ गते दिउँसो १२ः३० बजेदेखि ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा मतगणना सुरु हुनेछ।

Ncell
Extreme Energy

आज सहमहामन्त्री (पिछडिएको क्षेत्र), केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र खुला) र केन्द्रीय सदस्य (पिछडिएको क्षेत्र महिला) पदको मतगणना हुनेछ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशबाट केन्द्रीय सदस्य महिला, खुला तथा ३५ वर्षमुनिका युवा महिला र खुला पदको मतगणना पनि हुने समितिले जनाएको छ।

यी पदका लागि असोज २३ गते राति ९ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचनामार्फत सम्बन्धित उम्मेदवारलाई मतगणना सुरु हुने समय र स्थानबारे जानकारी गराएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

नवनिर्वाचित महामन्त्री पौडेलको प्रतिबद्धता– कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँछु

‘भावनात्मक रूपमै एक ढिक्का भएको बलियो कांग्रेस निर्माण गर्न हामी सबै सङ्कल्पबद्ध हुनुपर्दछ,’ पौडेलले आफ्नो धारणा सार्वजनिक गर्दै भनेका छन्।
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।