नेभिगेशन
समाज

१५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ । पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ । यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँचमार्ग बगाएर अवरुद्ध बनेको सडक १५ दिनपछि सञ्चालनमा आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

करिब ३५ मिटर पहुँचमार्गको रातदिन गरी सडक डिभिजन कार्यालयले ग्याबिन, जियो ब्याग र जियो ग्रिड प्रविधिको प्रयोग गरी पहुँचमार्ग पुनर्निर्माण सम्पन्न गरेपछि आज बिहानदेखि सवारीसाधन वारपार गर्न थालेका इन्जिनियर अमर अधिकारीले जानकारी दिए । 

Ncell
Extreme Energy

मध्पहाडीलोकमार्ग र कालीगण्डकी करिडोरको सङ्गमस्थलको रूपमा रहेको मालढुङ्गा पुलले बागलुङसहित पूर्वी रूकुमलगायत जिल्लालाई जोडेको छ ।

दसैँको समयमा सडक बन्द हुँदा बागलुङका नागरिकले सास्ती भोग्नु परेको थियो । पुल सञ्चानमा आएसँगै बागलुङको पर्यटन र व्यापार फस्ठाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।
तीस लाख नेपालीलाई बाथरोगको समस्या

तीस लाख नेपालीलाई बाथरोगको समस्या

नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।
स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।