नेभिगेशन
समाज

ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन ८४ हजार

ताप्लेजुङ । ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएसँगै मूल्य घट्न थालेको छ। सिजनको सुरुआतमा प्रतिमन ९६ हजार रुपैयाँसम्म पुगेको अलैँचीको मूल्य अहिले घटेर ८४ हजार रुपैयाँमा झरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एक साताअघि प्रतिमन ८८ हजार रुपैयाँमा कारोबार भएको अलैँचीको मूल्य अहिले ४ हजार रुपैयाँले घटेको व्यवसायीले बताएका छन्।

Ncell
Extreme Energy

अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानमा उत्पादित अलैँची बजारमा आउन थालेको छ। उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्नेछ।

‘ओसिलो क्षेत्रको अलैँचीले सुरुआती समयमा राम्रो मूल्य पायो। त्यसपछि मूल्यमा उतारचढाव हुँदै अहिले सदरमुकाम फुङलिङमा प्रतिमन ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ,’ बरालले भने।

एक मनमा ४० किलोग्राम अलैँची हुन्छ।

ताप्लेजुङका अधिकांश क्षेत्रमा अलैँचीखेती हुँदै आएको छ। जिल्लाको प्रमुख नगदेबालीका रूपमा रहेको अलैँचीको मूल्यमा हुने परिवर्तनले किसानको आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने गर्छ।

नयाँ उत्पादन बजारमा आउने क्रम बढेसँगै अलैँचीको मूल्यमा थप उतारचढाव हुन सक्ने व्यवसायीको अनुमान छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
नेकपा संयुक्तका नेता  विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन भएको छ। उनको सोमबार कीर्तिपुर अस्पतालमा निधन भएको हो।
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।