नेभिगेशन
समाज

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गैँडाकोट नगरपालिका–५ कुसुमघाटस्थित भित्री सडकमा सोमबार गैँडाकोट इङ्लिस स्कुलको ग१ख ३९७० नम्बरको बसले ना५८प ४५७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

Ncell
Extreme Energy

दुर्घटनामा गैँडाकोट नगरपालिका–६ का २४ वर्षीय राजु थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले जानकारी दिए।

बसको ठक्करबाट गम्भीर घाइते भएका थापालाई उपचारका लागि चितवन मेडिकल कलेज शिक्षण अस्पताल, भरतपुर लगिएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले दुर्घटनामा संलग्न बस, मोटरसाइकल र बस चालक गैँडाकोट नगरपालिका–१ का ५१ वर्षीय मनिराम थापामगरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
नेकपा संयुक्तका नेता  विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन भएको छ। उनको सोमबार कीर्तिपुर अस्पतालमा निधन भएको हो।
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।