नेभिगेशन
समाज

तीस लाख नेपालीलाई बाथरोगको समस्या

काठमाडौं । नेपालमा झन्डै ३० लाख मानिस बाथरोगबाट प्रभावित रहेको बताइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डा. बुद्धि पौडेलले विश्व बाथरोग दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त तथ्य प्रस्तुत गरेका हुन्।

Ncell
Extreme Energy

नेपाल बाथरोगमैत्री समाजले सोमबार आयोजना गरेको कार्यक्रममा डा. पौडेलले बाथरोगले सबै उमेर समूहका मानिसलाई असर गर्ने बताए। समयमै उपचार नगरे शरीरका जोर्नी बाङ्गिने, कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जोखिम रहेको उनले जानकारी दिए।

पाटन अस्पतालका बाथरोग विशेषज्ञ डा. केशव सिग्देलले जाडो मौसममा बाथरोगका बिरामीको दुखाइ बढ्ने बताए। पछिल्ला वर्षमा बाथरोगका बिरामी बढिरहेको उल्लेख गर्दै उनले यसलाई युरिक एसिड वा सामान्य जोर्नी दुखाइको समस्या मात्रै ठानेर बेवास्ता गर्न नहुने बताए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को आह्वानमा हरेक वर्ष अक्टोबर १२ मा विश्व बाथरोग दिवस मनाइन्छ।

समाजले आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्र, जावलाखेलको प्राविधिक सहयोगमा विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

बूढीगण्डकी बाढी : उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

“बाढीले विद्युत्को १२ पोल बगायो, एउटा टावर र तारहरु पनि कता पु¥यायो, पु¥यायो । पावर हाउस चाँही सुरक्षित छ”, उनले भने । विद्युत् नहुँदा उत्तरी गोरखाको गाउँबस्ती समस्यामा...
नेकपा संयुक्तका नेता  विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन

नेकपा संयुक्तका नेता विजय पौडेलको निधन भएको छ। उनको सोमबार कीर्तिपुर अस्पतालमा निधन भएको हो।
कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

कांग्रेस महाधिवेशनः २३ ठाउँमा मतगणना, पर्सिसम्म सक्ने तयारी

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ।