नेभिगेशन
समाज

सीमापारि जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

राँझा (बाँके) । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाइ गरिएपछि यसपटक दसैंको किनमेलका लागि सीमापारिको भारतीय बजार रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या घटेको छ । त्यसको प्रभाव रुपैडिहा बजारको चहलपहलमा देखिएको छ भने नेपालगञ्जका सपिङ मलमा उपभोक्ताको आकर्षण बढेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैं र तिहारजस्ता ठूला पर्व नजिकिँदै गर्दा विगतका वर्षमा बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहामा नेपाली उपभोक्ताको घुइँचो लाग्ने गर्थ्यो । नयाँ लुगा र घरायसी उपभोग्य सामग्री किन्न जमुनाह नाका हुँदै दैनिक ठूलो सङ्ख्यामा नेपाली सीमापारि जाने गर्थे । तर, यसपटक रुपैडिहा बजारमा विगतको जस्तो रौनक देखिएको छैन ।

Ncell
Extreme Energy

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार सीमा नाकामा गरिएको कडाइ र भन्सारसम्बन्धी नयाँ व्यवस्थाका कारण रुपैडिहा जाने नेपाली उपभोक्ताको सङ्ख्या घटेको हो ।

गत वैशाखदेखि नेपालगञ्ज भन्सार नाकाबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान बिनाभन्सार नेपाल ल्याउन रोक लगाइएको थियो । उक्त सीमा बढाएर हाल ५०० रुपैयाँ पुर्‍याइएको छ ।

चाडपर्वका बेला नेपाली ग्राहकले भरिभराउ हुने रुपैडिहाका पसल यसपटक तुलनात्मक रूपमा सुनसान छन् । दुवैतर्फ जाँच गराउनुपर्ने र लामो समय लाइनमा बस्नुपर्ने भएकाले सीमापारि जाने उपभोक्ता घटेको नेपालगञ्ज–२१ पुरैनाकी सिर्जना थापाले बताइन् ।

५०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार जाँच गराउनुपर्ने व्यवस्थाका कारण नेपाली उपभोक्ता रुपैडिहा जान कम गरेको उनको भनाइ छ ।

सीमापारि जाने उपभोक्ताको सङ्ख्या घटेसँगै नेपालगञ्जका सपिङ मल तथा सुपरस्टोरमा चहलपहल बढेको छ । नेपालगञ्जस्थित भाटभटेनी, वेस्टर्न मार्टलगायत सुपरस्टोरमा नेपाली उपभोक्ताको आकर्षण बढेको उपभोक्ता अधिकारकर्मी प्रभातकुमार ठकुरीले बताए ।

उनले भन्सारमा गरिएको कडाइका कारण सीमापारि जान रोकिएका उपभोक्तालाई नेपालगञ्जमै किनमेल गर्ने वातावरण बनाउन स्थानीय व्यापारी र उद्योग वाणिज्य सङ्घले पहल गर्नुपर्ने बताए । चाडपर्वका बेला नेपाली बजारमा मूल्यवृद्धि गर्ने र वस्तुको कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न बजार अनुगमनमा समेत ध्यान दिनुपर्ने उनको सुझाव छ ।

यद्यपि, रुपैडिहा जाने उपभोक्ताको सङ्ख्या घटे पनि नेपालगञ्जको स्थानीय बजारमा किनमेल सोही अनुपातमा नबढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बताए ।

उनका अनुसार सीमा नाकामा कडाइ गरिएपछि विगतको तुलनामा तस्करी घटेको अनुमान छ । यद्यपि, मुख्य नाकामा निगरानी बढाइए पनि खुला सीमाका कारण भित्री नाकाबाट तस्करी हुन सक्ने भएकाले ती क्षेत्रमा समेत निगरानी बढाउनुपर्ने देखिएको उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यस्तो रहनेछ दसैंमा मौसम

यस्तो रहनेछ दसैंमा मौसम

लगातारको वर्षा रोकिएसँगै मौसममा सुधार हुन थालेको छ ।
मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

मानसिक स्वास्थ्यसम्बन्धी कानुन बनाउँदै सरकार

सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।
पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

पोखरा–भरतपुर–लुम्बिनी जोडेर प्रवर्द्धन गर्न लागिएको ‘सिल्भर ट्रयाङ्गल’ के हो ?

कास्कीको पोखरा महानगरपालिका, चितवनको भरतपुर महानगरपालिका र रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन, असल अभ्यास आदानप्रदान तथा सहकार्यका लागि समझदारी भएको थियो ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा मंगलबार साधारणतया बादल लाग्नेछ ।