नेभिगेशन
समाज

बडादशैँलाई ध्यानमा राखेर कांग्रेसको मतगणना द्रूत गतिमा, नतिजा धमाधम, आज २५ समूह बनाएर गणना

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा अत्यन्त व्यवस्थित, मर्यादित र तीव्र गतिमा अघि बढिरहेको निर्वाचन समितिले जनाएको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बडादशैंलाई ध्यानमा राखेर मतगणना कार्यलाई छिटो र प्रभावकारी बनाउन आज पनि औसतमा २५ वटा समूह बनाएर विभिन्न पदहरूको गणना एकसाथ अघि बढाएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए। 

Ncell
Extreme Energy

दुई क्लस्टरको मतगणना बिहान सकिएको छ भने ४ क्लस्टरको मतगणना जारी छ। अरु छ क्लस्टरको गणना शुरू गर्ने तयारी भइरहेको उनको भनाइ छ। 

 निर्वाचन समितिका अनुसार जनसम्पर्क तर्फबाट दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्यहरूको मतगणना सकिएको छ भने पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री र केन्द्रीय सदस्य पदहरूको पनि गणना पूरा भएको छ।

यसैगरी, पार्टीभित्र सबै वर्ग, भूगोल र युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने पदहरूको मतगणना अहिले उत्साहजनक रूपमा जारी रहेको छ। हाल खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदहरूको मत गनिँदै छ। 

साथै, आदिवासी जनजातितर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशको खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्यहरू तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदहरूको मतगणना पनि तीव्र रूपमा भइरहेको छ।

मतगणनालाई थप गति दिँदै बाँकी रहेका अन्य क्लस्टरहरूको गणना पनि थाल्ने तयारी मिलाइएको निर्वाचन समितिले जनाएको छ। जसअनुसार धेरैको चासो रहेको खुलातर्फका ४५ जना केन्द्रीय सदस्यहरूको मतगणना पनि थालिँदैछ।

यसका साथै दलिततर्फको सहमहामन्त्री, खुला, महिला र मधेसी दलित केन्द्रीय सदस्यहरू, अल्पसंख्यक तथा अपाङ्गतातर्फको सहमहामन्त्री र केन्द्रीय सदस्यहरू, मधेसीतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू, खस–आर्यतर्फको सहमहामन्त्री, खुला र महिला केन्द्रीय सदस्यहरू तथा पेशागततर्फको खुला र महिला केन्द्रीय सदस्य पदहरूको मतगणना गर्न पनि तयारी भइरहेको कांग्रेसको मिडिया सेन्टरले जनाएको छ।

एकैपटक २५ वटा टोली खटाइएका कारण मतगणना निकै द्रूतगतिमा अघि बढेको छ। यसले गर्दा छिट्टै सबै पदको अन्तिम परिणाम सार्वजनिक हुने र पार्टीले नयाँ तथा सशक्त नेतृत्व पाउने विश्वास गरिएको छ। मतगणना स्थल सानेपामा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक र सौहार्दपूर्ण उपस्थिति रहेको छ।

निर्वाचन सिमितिले बुधबारसम्म सबै परिणाम सार्वजनिक गर्ने गरी गणना भइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण

पूर्वतयारीले सायदै कहिल्यै मुख्य समाचारमा स्थान पाउँछ, तर यसको प्रभाव मानिसहरूसम्म छिटो पुग्ने हरेक प्रतिकार्यमा, सबैभन्दा बढी आवश्यकता परेको बेला सहयोग पाउने हरेक परिवारमा र आगामी सङ्कटको सामना...
चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६० ग्राहकलाई भूमिगत माध्यमबाट विद्युत् प्रदान गरिएको छ ।
बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

बाढी प्रभावितको राहत र पुनर्स्थापनाका लागि थकाली सेवा समितिद्वारा १ करोड ३ लाख ५० हजार सहयोग

थकाली सेवा समिति नेपालले भोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी बाढी प्रभावितहरुको राहत र पुनर्स्थापनाका लागि एक करोड ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

विश्वकप लिग-२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै

आइसिसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध खेल्दैछ ।

भर्खरै