नेभिगेशन
समाज

ओमानका लागि प्रस्तावित राजदूत पद्माक्षी राणाले प्रस्तुत गरेको कार्ययोजनामा के छ ?

काठमाडौँ । ओमानका लागि प्रस्तावित नेपाली राजदूत पद्माक्षी राणाले नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने बताएकी छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत राणाले नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवद्र्धन गर्दै नेपाल र ओमानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाइन् । 

Ncell
Extreme Energy

उनले नेपाल–ओमानबीचको बलियो जनस्तरको सम्बन्धलाई अझ विस्तार गर्दै दुबै देशको साझा समृद्धिका लागि व्यावहारिक सहकार्य गर्नु मुख्य लक्ष्य रहेको धारणा राखिन् ।

नेपाल र ओमानको निरन्तर सहकार्य रहेको श्रम गतिशीलता क्षेत्रमा निरन्तरता दिँदै यसलाई थप सुदृढ बनाउने उनले बताइन् । 

साथै उनले ओमानसँगको व्यापार र लगानी प्रवद्र्धन गर्न यो इन्टेन्शनल, सेलेक्टिभ र कमर्सियल्ली ग्राउन्डेड हुनुपर्ने र यसका लागि सम्भावित साझेदारहरू पहिचान गरी बजार बुझ्न सहजीकरण गर्ने उल्लेख गरिन् । 

उनले स्पष्ट लक्ष्य, संस्थागत जिम्मेवारीप्रतिको सम्मान र मापनयोग्य उपलब्धि हासिल गर्ने प्रतिबद्धताका साथ काम गर्ने धारणा राखिन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ ।
कुटनीतिक माध्यमबाट जर्मनीसँग आर्थिक सम्बन्ध विस्तार गर्ने प्रस्तावित राजदूत सरु जोशीको योजना

कुटनीतिक माध्यमबाट जर्मनीसँग आर्थिक सम्बन्ध विस्तार गर्ने प्रस्तावित राजदूत सरु जोशीको योजना

मंगलबार संसदीय सुनुवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत जोशीले  भौगोलिक अवस्थितिका कारण जर्मनी विश्वको तेस्रो अर्थतन्त्र र युरोपेली युनियनको एक प्रभावशाली शक्ति भए पनि नेपाल र...
विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने बैठकमा भाग लिन डा. स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा अर्थमन्त्री वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउने कार्यक्रम छ ।
विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम

विपद् जोखिम न्यूनीकरणसम्बन्धी पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा उहाँले पछिल्लो समय नेपालमा भएका ठूला बाढीका घटनाले विपद् जोखिमबारे विज्ञहरूले दिँदै आएका चेतावनीलाई गम्भीरतापूर्वक लिनुपर्ने अवस्था सिर्जना गरेको धारणा...