नेभिगेशन
समाज

केपी ओलीले दिवंगत विजय पौडेलको निवासमा पुगेर परिवारजनमा समवेदना व्यक्त गरे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत डा. विजय पौडेलको निवासमा पुगेर परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

असोज २६ गते निधन भएका पौडेलको निवासमा मंगलबार असोज २७ गते पुगेका ओलीले शोकसन्तप्त परिवारका सदस्यलाई भेटेर दुःख व्यक्त गरेका हुन् ।

Ncell
Extreme Energy

डा. पौडेल नेकपा संयुक्तका नेता, पूर्वसांसद तथा सञ्चार उद्यमी थिए । ६० वर्षीय पौडेलको सोमबार कीर्तिपुर अस्पतालमा निधन भएको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीका अनुसार उनलाई अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको थियो ।

पौडेल लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । एमालेमा रहँदा उनी पार्टीको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्थे । एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको समूहसँगै उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भएका थिए ।

एकीकृत समाजवादी र तत्कालीन नेकपा माओवादी केन्द्रबीच एकता प्रक्रिया अघि बढेपछि त्यसमा असहमति जनाउँदै उनी नेकपा संयुक्तमा लागेका थिए । पछिल्लो समय उनी घनश्याम भूसाल नेतृत्वको नेकपा संयुक्तमा सक्रिय थिए ।

राजनीतिसँगै पौडेल सञ्चार क्षेत्रमा पनि संलग्न थिए । उनी जनता टेलिभिजनका अध्यक्ष तथा सञ्चालक थिए । टेलिभिजन सञ्चालकहरूको छाता संस्था मिडिया एलायन्स नेपालका कार्यसमिति सदस्यसमेत रहेका पौडेलको निधनले राजनीतिक र सञ्चार क्षेत्र दुवैमा शोक छाएको छ ।

पौडेल पुराना वामपन्थी नेता तथा साहित्यकार मोदनाथ प्रश्रितका छोरा हुन् । उनको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा सञ्चार क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

पौडेलको निधनसँगै नेपाली वामपन्थी राजनीतिमा लामो समय सक्रिय रहेका एक नेता तथा सञ्चार उद्यमी गुमेका छन् ।

WhatsApp-Image-2026-10-13-at-15.18.02-1791884481.jpeg

WhatsApp-Image-2026-10-13-at-15.16.30-1791884481.jpeg

WhatsApp-Image-2026-10-13-at-15.16.27-1791884480.jpeg

WhatsApp-Image-2026-10-13-at-15.18.11-1791884480.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

पूर्वउपसभामुख इन्दिरा राना मगर किन गइन् बैंकक?

प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा राना मगर थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

खगेन्द्र सुनारमाथि निष्पक्ष छानबिन गर्न एमाले प्रचार विभाग प्रमुख आचार्यको माग

नेकपा एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारमाथि लागेको आरोपमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेका छन् ।
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच के भयो कुराकानी ?

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत प्रा. अनिल सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बाढी गएको दुई दिनमै आरुघाटमा धमाधम बन्दैछ बेलिब्रिज (तस्बिरकथा)

बुढीगण्डकी नदीको बाढीले गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बगाएपछि बेलिब्रिज निर्माणका लागि आवश्यक सामग्री आरुघाट आइपुगेको छ ।