नेभिगेशन
समाज

खगेन्द्र सुनार प्रकरणमा प्रहरीले के गर्दैछ ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनार विवादमा तानिएका छन्। महिलालाई अश्लील गाली गलौज गरेको अडियो बाहिरिएपछि पार्टीले पदीय हैसियतामा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ। महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषयहरू जोडिएको भन्दै रास्वपाले खगेन्द्र सुनार प्रकरणलाई आन्तरिक अनुसन्धानको विषय बनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्पष्टीकरण लगायत आवश्यक प्रक्रिया गर्न अनुशासन आयोगलाई लेखिपठाएको छ।

Ncell
Extreme Energy

सुनार प्रकरणमा राज्यको कानुन आकर्षित हुने भएकाले यसबारे प्रहरीले के गरिरहेको छ भनेर हामीले नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेलाई सोधेका थियौं।

उनले यसबारे अहिलेसम्म कुनै उजुरी प्राप्त नभएको बताए। सामान्यतः यस्ता विषय विद्युतीय अपराधअन्तर्गत राखेर अनुसन्धान गर्छ। यस्ता विषयमा नाम किटान गरेर उजुरी नपर्दासम्म प्रहरीले कारबाही अघि नबढाउने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन्।

‘सांसद सुनारविरूद्ध यसबारे कुनै उजुरी परेको छैन,’ प्रवक्ता काफ्ले सिधाकुरासँग भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाजा, नास्ता र खाना खुवाउन स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिइएको छ।
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।