नेभिगेशन
समाज

यी दुई कारणले आयो बुढीगण्डकीमा भीषण बाढी

काठमाडौं । गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बिहान करिब ४:२० बजे चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोला सिरानमा करिब ६ हजार मिटर उचाइमा हिमपहिरो र करिब ५ हजार ५०० मिटर उचाइमा हिउँ तथा गेग्रानसहितको ठूलो पहिरो गएको थियो ।

Ncell
Extreme Energy

चामर हिमाल र स्येराङ्गी हिमालबीचको क्षेत्रमा गएको पहिरो हिउँ, पानी र गेग्रानसहित दक्षिणतर्फ बगेको थियो । त्यस क्रममा उङ्दिलुङ खोला र स्यार खोलाको साँघुरो दोभानमा ठूलो परिमाणमा गेग्रान थुप्रिएको थियो । यसले स्यार खोलाको बहाव रोकिने र पुनः खुल्ने अवस्था सिर्जना गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, स्यार खोला र बुढीगण्डकी नदीको दोभानमा पनि पानीको बहाव थुनिने र खुल्ने प्रक्रिया भएको हुन सक्ने आकलन गरिएको छ । यही प्रक्रियाका कारण बुढीगण्डकीमा पटकपटक बाढी आएको देखिए पनि बाढीको ठूलो सतह सिर्जना हुनुमा उङ्दिलुङ खोलाबाट आएको गेग्रानको भूमिका बढी रहेको प्रतिवेदनले औँल्याएको छ ।

२५ मिटर अग्लो बाढीले संरचनामा क्षति

प्रतिवेदनअनुसार लेदोसहितको बाढी पहिलोपटक बिहान करिब ४:३० बजे सल्लेरी पुगेको थियो । त्यसपछि आएको सबैभन्दा ठूलो बाढीको सतह बिहान करिब ६:३० बजे सल्लेरीस्थित जलविद्युत् आयोजनाको क्याम्पमा पुगेको थियो । त्यहाँ बाढीको सतह करिब २० देखि २५ मिटर अग्लो रहेको अनुमान गरिएको छ ।

बाढीको ठूलो सतहले तल्लो क्षेत्रमा व्यापक क्षति पुर्‍याएको थियो । विशेषगरी जगतका केही भवन तथा सोती खोला र बुढीगण्डकी नदीमा रहेका पक्की पुललगायत संरचनामा मुख्य क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।

ठूलो बाढी आउनुभन्दा करिब एक घण्टाअघि स्यार खोलाको बहाव रोकिएको थियो । स्थलगत अवलोकनका क्रममा स्यार खोलाको माथिल्लो क्षेत्रमा करिब डेढ किलोमिटरसम्म पानी जम्मा भएको पाइएको प्रतिवेदनमा जनाइएको छ । मुख्य बाढीपछि पनि तुलनात्मक रूपमा साना बाढीका सतहहरू आएका थिए ।

लेदोसहितको बाढीमा माटोको मात्रा बढी

प्रतिवेदनले यस घटनाको बाढीमा बालुवा र साना–ठूला ढुङ्गाको तुलनामा माटोको मात्रा बढी रहेको पनि औँल्याएको छ । माटो बढी भएकाले बाढीको प्रवाह सामान्य पानीको बहावभन्दा बाक्लो र बिस्तारै बग्ने लेदोको प्रवाहजस्तो बनेको थियो ।

यसको प्रमुख कारण पहिरो गएको क्षेत्रका चट्टान र गेग्रानमा तुलनात्मक रूपमा माटोको मात्रा बढी हुनु रहेको प्रतिवेदनमा उल्लेख छ ।

खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलनअनुसार पहिरो जाँदा करिब ३.५ म्याग्निच्युडको भूकम्प बराबरको ऊर्जा उत्पन्न भएको थियो ।

प्रतिवेदनले बाढीको उत्पत्ति, खोलामा गेग्रान थुप्रिँदा बनेको अवरोध र त्यसपछि खुलेको बहावलाई तल्लो क्षेत्रमा विनाशकारी बाढी आउनुका प्रमुख कारणका रूपमा प्रस्तुत गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

बुढीगण्डकीमा २५ मिटर अग्लो बाढी, हिमपहिरो र गेग्रान मुख्य कारण

गोरखाको बुढीगण्डकी नदीमा असोज २५ गते आएको विनाशकारी बाढीको मुख्य कारण उच्च हिमाली क्षेत्रमा गएको हिमपहिरो र त्यससँगै बगेको ठूलो परिमाणको गेग्रान रहेको प्रारम्भिक प्राविधिक प्रतिवेदनले देखाएको छ...
सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक सवारीसाधनका चालकलाई यातायात व्यवस्था विभागको यस्तो निर्देशन

सार्वजनिक यात्रुवाहक सवारीसाधनका चालकलाई यात्रुका लागि खाजा, नास्ता र खाना खुवाउन स्वच्छ तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउने होटल तथा रेस्टुरेन्टमा मात्र सवारी रोक्न निर्देशन दिइएको छ।
भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमिहीनका समस्या समाधान गर्न कानुनी बाटो खुल्यो– मन्त्री प्रतिभा रावल

भूमि व्यवस्थामन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी भएसँगै भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानुनी बाटो खुलेको  बताएकी छन् ।
राष्ट्रपतिले जारी गरे  दुई अध्यादेश

राष्ट्रपतिले जारी गरे दुई अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन् ।