नेभिगेशन
समाज

बर्दियामा धमाधम फेला पर्दै अवैध हतियार, चारवटा बरामद

बर्दिया । चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा अवैध हतियार फेला पर्ने क्रम बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जिल्लाका विभिन्न स्थानबाट चारवटा बेवारिसे हतियार फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लोपटक ठाकुरबाबा नगरपालिका–३ गोदानास्थित कोपिला सामुदायिक वनमा मङ्गलबार खिया लागेको कटुवा पेस्तोल फेला परेको छ। स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बगनाहाको टोलीले वनको जङ्गलबाट कालो रङको पेस्तोल बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए।

Ncell
Extreme Energy

उनका अनुसार बरामद पेस्तोल कानुनी प्रक्रिया पूरा गरी आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बगनाहामा सुरक्षित राखिएको छ।

यसअघि गत साउन २२ गते बढैयाताल गाउँपालिका–७ कर्णालीपुरस्थित सडकछेउको झाडीबाट कटुवा पेस्तोल फेला परेको थियो। त्यस्तै, भदौ २४ गते बढैयाताल गाउँपालिका–२ स्थित सिर्जनशील सामुदायिक वनमा बन्दुकमा प्रयोग हुने एक थान नालसहित भरुवा बन्दुक फेला परेको थियो। भदौ २५ गते गेरुवा गाउँपालिका–२ बालुवातार जाने सडकछेउको झाडीबाट पनि कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

यसअघि गत जेठ २४ गते पनि कोपिला सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला परेको थियो। दाउरा खोज्न गएका स्थानीय महिलाले बन्दुक देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले गत वैशाखदेखि अवैध हतियार नियन्त्रणका लागि ‘स्विप अपरेसन’ सञ्चालन गरिएकाले बेवारिसे अवस्थामा हतियार फेला पर्ने क्रम बढेको बताए। उनका अनुसार अभियानले चाडपर्वका बेला हुन सक्ने सुरक्षा चुनौती न्यूनीकरण गर्न सहयोग पुग्नेछ।

भारतसँग सीमा जोडिएको बर्दियाका सामुदायिक वन क्षेत्रमा चोरीसिकारी हुने गरेको छ। त्यसलाई मध्यनजर गर्दै प्रहरीले वन क्षेत्रमा निगरानी बढाएको प्रहरी उपरीक्षक पौडेलले बताए।

प्रहरीको निगरानी बढेपछि अवैध हतियार राख्नेहरूलाई समस्या परेको हुन सक्ने र हतियार लुकाउने क्रममा ती बेवारिसे अवस्थामा फेला परेको हुन सक्ने उनको भनाइ छ।

जिल्लामा अझै अवैध हतियार हुन सक्ने अनुमान गर्दै प्रहरीले नियन्त्रण अभियानलाई तीव्रता दिएको छ। चाडपर्वका बेला हुन सक्ने सम्भावित सुरक्षा चुनौती कम गर्न अभियानलाई निरन्तरता दिइएको पौडेलले बताए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी हुन् आज अवरुद्ध भएका मुख्य सडकहरु

यी हुन् आज अवरुद्ध भएका मुख्य सडकहरु

लगातारको प्रतिकूल मौसम, हिमपहिरो र वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न राजमार्गहरूमा बाढी तथा पहिरो जाँदा सवारी आवागमन प्रभावित बनेको छ।
अडियो काण्डले विवादमा परेका खगेन्द्र सुनारमाथि चन्द्र भण्डारीको तिखो टिप्पणी

अडियो काण्डले विवादमा परेका खगेन्द्र सुनारमाथि चन्द्र भण्डारीको तिखो टिप्पणी

नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति चन्द्र भण्डारीले रास्वपा सांसद खगेन्द्र सुनारको आलोचना गरेका छन् ।
साउदीको मुख्य सरकारी तेल कम्पनीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

साउदीको मुख्य सरकारी तेल कम्पनीमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार

यमनका इरान-सम्बद्ध हुथी विद्रोहीहरू र साउदी अरेबियाबीच युद्ध तीव्र बन्दै जाँदा पूर्वी सहर धहरानमा रहेको साउदी अरेबियाको सरकारी तेल कम्पनी 'साउदी अरामको'को प्रशासनिक भवनमा आक्रमण भएको छ।
डिजाइनमै प्रश्न उठेपछि खुट्टीखोला सिँचाइ आयोजना अलपत्र

डिजाइनमै प्रश्न उठेपछि खुट्टीखोला सिँचाइ आयोजना अलपत्र

सिरहाको लहान नगरपालिका–११ का किसान घुरन साहले यस वर्ष समयमै धान रोपे। तर रोपाइँ सकिएसँगै उनलाई सिँचाइको चिन्ताले सताउन थालेको छ।