नेभिगेशन
समाज

यी हुन् आज अवरुद्ध भएका मुख्य सडकहरु

गोरखामा सडक पूर्ण रूपमा ठप्प, अन्य स्थानमा एकतर्फी सुचारु

काठमाडौँ । लगातारको प्रतिकूल मौसम, हिमपहिरो र वर्षाका कारण गण्डकी प्रदेशका विभिन्न राजमार्गहरूमा बाढी तथा पहिरो जाँदा सवारी आवागमन प्रभावित बनेको छ। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार गोरखा जिल्लामा बाढीले पुलहरू बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने म्याग्दी र नवलपरासी पूर्वमा पहिरो पन्छाएर सडक एकतर्फी सुचारु गरिएको छ।

Ncell
Extreme Energy

गोरखा: हिमपहिरोपछि आएको बाढीले पुलहरू बगाउँदा सडक पूर्ण अवरुद्ध
असोज २५ गते बिहान ०५:३० बजे चुमनुब्रि गाउँपालिका-६ स्थित सिरिङ्गे हिमालमा हिमपहिरो जाँदा स्थानीय उइनगुलुङ खोला केही समय थुनिन पुगेको थियो। खोला फुटेपछि बुढीगण्डकी नदीमा आएको भिषण बाढीले आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पक्की पुल तथा वडा नं. ९ स्थित आरुघाटबाट धादिङ जोड्ने पक्की पुल (नयाँपुल) बगाएको छ।

पुल बगाएपछि गोरखा-धादिङ जोड्ने यो सडक खण्डमा यातातयात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।   

गोरखातर्फको यात्रा गर्ने यात्रुहरूलाई बाटो पूर्ण रूपमा बन्द रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न वा स्थिति सहज नभएसम्म यात्रा स्थगित गर्न अनुरोध गरिएको छ। कालीगण्डकी करिडोर र बेनी-जोमसोम खण्डमा यात्रा गर्दा संयमता अपनाउन प्रहरीले आग्रह गरेको छ।

नवलपरासी (पूर्व): कालीगण्डकी करिडोरमा एकतर्फी मात्र गाडी सञ्चालन
बौदीकाली गाउँपालिका-०३ स्थित जन्ती पहिरोमा असोज २४ गते अपराह्न १६:४५ बजे पहिरो जाँदा कालीगण्डकी करिडोर अवरुद्ध भएको थियो। हाल पहिरो पन्छाएर बाटो एकतर्फी सुचारु गरिए पनि ठूला सवारी साधनहरू भने सञ्चालन हुन नसकेको प्रहरीले जनाएको छ।

म्याग्दी: बेनी-जोमसोम सडक खण्ड एकतर्फी सुचारु
म्याग्दीको रघुगंगा गाउँपालिका-०२ बैसरीमा असोज २० गते बिहान ०५:५० बजे गएको पहिरोका कारण बेनी-जोमसोम सडक खण्ड अवरुद्ध भएको थियो। हाल उक्त स्थानमा पहिरो हटाई सडक एकतर्फी रूपमा सुचारु गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ।
चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन यस्तो रणनीति

चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन नदिन झापा प्रशासनले आपूर्ति र वितरण प्रणालीको नियमित अनुगमनमा जोड दिएको छ ।
बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको राघोपुरमा डुङ्गा पल्टिँदा १३ बालबालिकाको मृत्यु

बिहारको वैशाली जिल्लाको राघोपुर थाना क्षेत्रअन्तर्गत मंगलबार राति गंगा नदीमा डुङ्गा पल्टिँदा कम्तीमा १३ बालबालिकाको ज्यान गएको छ।