नेभिगेशन
समाज

दुई हजारभन्दा बढी विद्यार्थी भएका १०९ सामुदायिक विद्यालयमा साढे ६ अर्ब लगानी गर्दै सरकार

काठमाडौं । सरकारले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा ती विद्यालयको पूर्वाधार सुधारका लागि बजेट छुट्याइएको हो । पहिलो चरणमा ८९ विद्यालयका लागि पाँच अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको उनले जानकारी दिए ।

Ncell
Extreme Energy

निकासा भएको रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ । प्रतिविद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।

सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको उल्लेख गर्दै मन्त्री पोखरेलले विद्यार्थीको चाप भएका विद्यालयबाट पूर्वाधार सुधारको काम सुरु गरिएको बताए ।

‘कतिपय सामुदायिक विद्यालयमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालय विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ,’ उनले भने, ‘विद्यालयहरूबीचको यो असमानता हटाउन हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ ।’

आगामी दिनमा देशभरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार समान रूपमा सुदृढ बनाउँदै विद्यालयहरूबीचको असमानता अन्त्य गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

मन्त्री पोखरेलले सामुदायिक शिक्षाको सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै सबैलाई हातेमालो गर्न आह्वान गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने

दसैँमा अधिकांश समय मौसम सफा रहने देखिए पनि केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।
रलानाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

रलानाकाबाट भित्रिएका २ हजार ५०० भन्दा बढी इभी रोकिए मुस्ताङमै

बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएपछि चीनको कोरलानाकाबाट नेपाल भित्रिएका दुई हजार ५०० भन्दा बढी विद्युतीय सवारीसाधन (इभी) मुस्ताङमै रोकिएका छन् ।
नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल सर्वाधिक मतसहित मानवअधिकार परिषद् सदस्यमा निर्वाचित

नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ ।
उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरमा ‘सानो दारे’ नामको जङ्गली हात्ती मृत फेला

उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा ‘सानो दारे’ नामले चिनिने वयस्क जङ्गली भाले हात्ती मृत फेला परेको छ।