नेभिगेशन
समाज

बूढीगण्डकी बाढीः उत्तरी गोरखाका पाँच हजार घर विद्युतविहीन

गोरखा । बूढीगण्डकीमा आएको बाढीले जलविद्युत् आयोजना र विद्युत् वितरण केन्द्रमा क्षति पुर्‍याउँदा उत्तरी गोरखाका करिब पाँच हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीले चुमनुब्री गाउँपालिका–३ जगतस्थित सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बगाएपछि चुमनुब्रीका वडा नं. ३ र ६ मा विद्युत् सेवा ठप्प भएको आयोजनाका अध्यक्ष सुजन गुरुङले बताए। उनका अनुसार लोक्पा, दुङ्ला, न्याक, फिलिम, चिसापानी, आंगा, सस्र्युँ, नाग्चेत, घट्टेखोला, पाङसिङ, जगत, सल्लेरी, पैयुँ, भालुवन र सिर्दिबासका ९७१ घरधुरी प्रभावित भएका छन्।

Ncell
Extreme Energy

‘बाढीले विद्युत्का १२ पोल, एउटा टावर र तार बगाएको छ। पावर हाउस भने सुरक्षित छ,’ गुरुङले भने, ‘आइतबार बिहान ४ बजेदेखि यो भेगमा बिजुली छैन।’

विद्युत् र इन्टरनेट सेवा अवरुद्ध हुँदा चुमनुब्री गाउँपालिकाको प्रशासनिक कामसमेत ठप्प भएको प्रमुख प्रशासकीय अधिकृत नारायण सापकोटाले बताए। निजी संघसंस्था र स्थानीय नागरिक पनि प्रभावित भएका छन्।

‘बाढीले पुल, बाटो र बिजुली सबै बगायो। अहिलेको डिजिटल युगमा विद्युत् नहुँदा सूचना आदानप्रदानमा समस्या भएको छ,’ उनले भने। फिलिमका केही घरमा जडान गरिएका सोलारबाट मोबाइल चार्ज गरेर बाहिर फोन सम्पर्क गर्ने गरिएको उनले बताए।

चुमनुब्रीकी पूर्वउपाध्यक्ष कुमारी गुरुङका अनुसार बाढीले पुल र बाटो बगाउँदा एक गाउँबाट अर्को गाउँसम्म पुग्नसमेत कठिन भएको छ। ‘फिलिमबाट न तल जाने ठाउँ छ, न माथि जाने। पुल, बाटो सबै बगाएको छ। बिजुली पनि नहुँदा यो ठाउँ अन्धकार बनेको छ,’ उनले भनिन्।

बाढीले धार्चे गाउँपालिका पनि प्रभावित भएको छ। गाउँपालिकाका सातै वडाका करिब चार हजार घरमा विद्युत् सेवा अवरुद्ध भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताए। उनका अनुसार बाढीले नेपाल विद्युत् प्राधिकरणको आरुघाटस्थित वितरण केन्द्रमा क्षति पुर्‍याएपछि गाउँपालिका अन्धकार बनेको हो।

‘बाढीले यहाँको बिजुली, सञ्चार, बाटोघाटो र पुल सबै बगायो,’ बस्नेतले भने।

यस्तै, आरुघाट गाउँपालिका–५ शान्तिबजार क्षेत्रका ५० घरधुरीमा पनि विद्युत् सेवा अवरुद्ध भएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...
बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

गृहमन्त्री सुदन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमा जोड दिएका छन्। उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त...