नेभिगेशन
समाज

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई बलाधिकृत रथी प्रदीपजङ्ग केसीले स्वागत गरेका थिए।

Ncell
Extreme Energy

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले बेलायती सेनाध्यक्ष जनरल सर रोय वाकरलगायत उच्च सैनिक अधिकारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए।

उनले वेल्सको ब्रेकनस्थित इन्फ्यान्ट्री ब्याटल स्कुलको भ्रमणका क्रममा अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२६’ को निरीक्षणसमेत गरेका थिए। उक्त अभ्यासमा स्वर्ण पदक प्राप्त गर्न सफल नेपाली सैनिक टोलीका सदस्यलाई उनले प्रधानसेनापति प्रशंसा निशानबाट सुशोभन गरेका थिए।

यस भ्रमणले नेपाल र बेलायतबीच लामो समयदेखि रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्ध थप सुमधुर र प्रगाढ बनाउन सहयोग पुगेको जङ्गी अड्डाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...
बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

गृहमन्त्री सुदन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमा जोड दिएका छन्। उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त...