नेभिगेशन
समाज

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

काठमाडौँ। गृहमन्त्री सुदन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमा जोड दिएका छन्। उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्न पनि प्रस्ताव गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा नेपालको धारणा राख्दै गृहमन्त्री गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता चुनौती सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका हुन्।

Ncell
Extreme Energy

‘अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्।

प्राकृतिक विपत्तिले सीमा नचिन्ने उल्लेख गर्दै उनले विपद् पूर्वतयारी र प्रतिकार्यका लागि बिमस्टेक सदस्य राष्ट्रबीच संयन्त्र र संयुक्त कार्यदल बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

बैठकका क्रममा गुरुङले भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गरेका थिए। भेटमा साझा सुरक्षा चासोका विषयमा छलफल भएको उनले बताएका छन्। दुवै पक्षले द्विपक्षीय सुरक्षाका विभिन्न र नयाँ विषयमा समन्वय र सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेटमा नेपाली उद्योगी तथा व्यापारीले भारतीय बजारमा पहुँचका लागि भोग्नुपरेका चुनौती र भारतमा रहेका नेपालीले सामना गरिरहेका समस्याबारे पनि छलफल भएको गुरुङले उल्लेख गरेका छन्। ती विषयमा भारतीय पक्षले आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाएको उनले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...
प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए

प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन्।