नेभिगेशन
समाज

१० राजदूतको नाम अनुमोदन, साउदीका लागि प्रस्तावित सुनार अस्वीकृत

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १० जना राजदूतको नाम नियुक्तिका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिले साउदी अरबका लागि प्रस्तावित गिरिबहादुर सुनारको नाम भने सर्वसम्मतिले अस्वीकृत गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका सभापति बोधनारायण श्रेष्ठले बुधबारको बैठकमा सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका हुन् ।

Ncell
Extreme Energy

सुनारको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गजला समीम मिकरानीले राजदूत पदका लागि उपयुक्त नलागेको बताएकी थिइन् । रास्वपा संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले पनि सुनारलाई राजदूत बनाउन नमिल्ने धारणा राखेका थिए ।

 सभापति श्रेष्ठले सुनारको नाम सर्वसम्मतिले अस्वीकृत भएको घोषणा गरेका थिए ।

'नेपाल सरकारको निर्णयअनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि साउदी अरबका लागि प्रस्तावित श्री गिरिबहादुर सुनारको नामका सम्बन्धमा समितिमा भएको निर्णयअनुसार उहाँको नाम सर्वसम्मत रूपमा अस्वीकृत भएको घोषणा गर्दछु,' उनले भनेका थिए।

समितिबाट भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन भएको छ ।

अनुमोदित राजदूतहरूको नियुक्ति प्रक्रिया अघि बढाउन परराष्ट्र मन्त्रालयलाई जानकारी पठाउन सभापति श्रेष्ठले समिति सचिवलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को असोज २ गतेको बैठकले विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न नाम प्रस्ताव गरेको थियो । ती नाम संसदीय सुनुवाइका लागि समितिमा पठाइएको थियो । समितिले सोमबारदेखि बुधबारसम्म प्रस्तावित राजदूतहरूको सुनुवाइ गरेको थियो ।

जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापा र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलका सम्बन्धमा भने समितिले थप छलफल गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

रास्वपाले स्थानीय तहका उम्मेदवार छान्न चार मापदण्ड बनायो, १५ प्रतिशत विशेषाधिकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोट गर्न चारवटा मुख्य मापदण्डसहितको रूपरेखा तयार पारेको छ । पार्टीले स्वीकृत गरेको ‘स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३’...
बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङले राखे क्षेत्रीय विपद् संयन्त्र र संयुक्त कार्यदल गठनको प्रस्ताव

गृहमन्त्री सुदन गुरुङले अन्तरदेशीय अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहलमा जोड दिएका छन्। उनले बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त...