नेभिगेशन
समाज

शरद् ऋतुमा हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं। सन् २०२६ को शरद् ऋतुमा नेपालका हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार विभिन्न हिमाल आरोहणका लागि १३० टोलीले अनुमति लिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार आरोहण अनुमति लिनेमा ८३३ पुरुष र २६५ महिला छन् । उनीहरूबाट विभागले २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

Ncell
Extreme Energy

शरद् ऋतुमा सबैभन्दा धेरै आरोहीले मनास्लु हिमाल आरोहणका लागि अनुमति लिएका छन् । आठ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन् । तीमध्ये ३७३ पुरुष र १२७ महिला छन् । मनास्लु आरोहण अनुमतिबाट मात्रै विभागले २२ करोड ५८ लाख ५७ हजार १८९ रुपैयाँ रोयल्टी संकलन गरेको छ ।

त्यस्तै, धौलागिरि–१ आरोहणका लागि छ टोलीका ३७ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ८४ लाख ७३ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।

मकालु हिमाल आरोहणका लागि एक टोलीका तीन जनाले अनुमति लिएका छन् । उनीहरूबाट छ लाख ८८ हजार ५० रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

हिम्लुङ हिमाल आरोहणका लागि नौ टोलीका ९४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ५७ लाख ८८ हजार ९६० रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, आमादब्लम हिमाल आरोहणका लागि १६ टोलीका १७८ जनाले अनुमति लिएका छन् । उनीहरूबाट दुई करोड ७३ लाख १५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।

विभागका अनुसार पुथा हिउँचुली, डाङ्गा हिउँचुली, बरुणत्से, गङ्गापूर्णा पश्चिम (लाङचेनेल), थोरोङ पिक, नोर्बु खाङ, अन्नपूर्ण–४, चाम्लाङ, लमजुङ हिमाल, पुमोरी, सारिबुङ, थापा पिक (धाम्पुस), पोखर खाङ, अर्दाङ र पेरीलगायत हिमाल आरोहणका लागि पनि अनुमति जारी गरिएको छ ।

आरोहण अनुमति लिने विदेशी आरोहीमध्ये सबैभन्दा धेरै चीनका १३२ जना छन् । त्यसपछि रसियाका ९६, अमेरिकाका ९४, फ्रान्सका ९३ र बेलायतका ७४ जना छन् ।

यस्तै, पोल्यान्डका २९, स्विट्जरल्यान्डका २८, इटलीका २८, जापानका २८, नेपालका २६, भारतका २२ र स्पेनका २१ जनाले आरोहण अनुमति लिएका छन् ।

विभागले जारी गरेको अनुमतिबाट १८ लाख ५४ हजार ९५९ अमेरिकी डलर अर्थात् २८ करोड २४ लाख १४ हजार ५६ रुपैयाँ रोयल्टी संकलन भएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ ।
राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयले समितिको सान्दर्भिकता पुष्टि गरेको बताएका छन् ।
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

देशका हिमाली र पहाडी भूभागमा बिहीबार साधारणतया बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।