नेभिगेशन
समाज

डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

दमौली (तनहुँ) । कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ जोड्ने पक्की पुल १८ दिनपछि सञ्चालनमा आएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तनहुँको घिरिङ गाउँपालिका र नवलपुरको बौदीकाली गाउँपालिकाको डेढगाउँ जोड्ने कालीगण्डकी नदीको पक्की पुलको दुवैतर्फको पहुँच सडक यही असोज ११ गतेको बाढीले बगाएको थियो । 

Ncell
Extreme Energy

नवलपुरतर्फको अस्थायी पहुँच सडक गत साता नै निर्माण गरिएको भए पनि तनहुँतर्फको सडक भने बुधबार सम्पन्न भएको हो । दुवैतर्फको पहुँच सडक निर्माण भएपछि कालीगण्डकी पुलबाट बुधबारदेखि नै सवारीसाधन सञ्चालनमा आएको घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले जानकारी दिए । 

उक्त पुलको घिरिङतर्फको पहुँच सडक मर्मत कार्य सडक डिभिजन कार्यालय, तनहुँको आर्थिक तथा प्राविधिक सहयोगमा सिद्धबाबा निर्माण सेवा, स्याङ्जाले युनिट रेट सम्झौतामार्फत काम गरेको थियो । पुल पुनःसञ्चालनमा आएसँगै घिरिङबाट कालीगण्डकी करिडोर हुँदै नवलपुर, पाल्पा, स्याङ्जा, चितवनलगायत स्थानमा आवतजावत सहज हुनाका साथै स्थानीय नागरिक, यात्रु तथा मालसामान ढुवानीमा पनि राहत पुग्ने अपेक्षा गरिएको छ । 

करिब १२ वर्षअघि निर्माण गरिएको उक्त फलामे पुल गैंडाकोट–पिपलडाँडा जोड्ने कालीगण्डकी करिडोर नजिकै पर्छ । पोखरा, गैंडाकोट र रामपुर क्षेत्र ओहोरदोहोर गर्ने मुख्य नाका मानिने यो पुलको पहुँच मार्ग नबन्दा दैनिक हजारौँ यात्रु तथा सयौँ सवारीसाधन अलपत्र परेका थिए । गाउँपालिकाका अध्यक्ष थापाले पुल सञ्चालनमा आएसँगै दसैँको बेलामा नागरिकलाई राहत मिलेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

अब भारतबाट फर्किने नेपालीको सीमा नाकामा अनिवार्य स्वास्थ्य परीक्षण

दसैँ तिहार मनाउन भारतबाट घर फर्किने यात्रुको गड्डाचौकी नाकामा स्वास्थ्य परीक्षण भइरहेको छ ।
यी हुन् विराजभक्त श्रेष्ठको कमाण्डमा ऊर्जा मन्त्रालयमा ६ महिनामा भएका १३७ काम (सूची)

यी हुन् विराजभक्त श्रेष्ठको कमाण्डमा ऊर्जा मन्त्रालयमा ६ महिनामा भएका १३७ काम (सूची)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो ६ महिनामा गरेको कामको विवरण सार्वजनिक गरेको छ ।
आज दुई प्रमुख सडक प्रभावित, गोरखा-धादिङ जोड्ने मार्ग पूर्णरूपमा बन्द

आज दुई प्रमुख सडक प्रभावित, गोरखा-धादिङ जोड्ने मार्ग पूर्णरूपमा बन्द

अविरल बाढी र पहिरोका कारण गण्डकी प्रदेशका प्रमुख सडक खण्डहरू प्रभावित भएका छन् ।
राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

राजदूत सिफारिस अस्वीकृत गर्ने निर्णयले सुनुवाइ समितिको सान्दर्भिकता पुष्टि गर्‍यो : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले विभिन्न देशका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत गर्ने संसदीय सुनुवाइ समितिको निर्णयले समितिको सान्दर्भिकता पुष्टि गरेको बताएका छन् ।