नेभिगेशन
समाज

दसैँपछि नेपालमा भारी वर्षा हुन सक्ने एउटा मौसम मोडेलको संकेत

काठमाडौं । दसैँपछि कात्तिक १२–१३ गतेतिर नेपालमा भारी वर्षा हुन सक्ने संकेत एउटा मौसम मोडेलले देखाएको छ । अरब सागरमा सम्भावित चक्रवात बन्ने र त्यससँग सम्बन्धित मौसमी प्रणालीले नेपालमा वर्षा गराउन सक्ने अनुमान गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसमसम्बन्धी जानकारी सार्वजनिक गर्दै मौसम अध्येता विनोद पोखरेलले यस्तो सम्भावना देखिए पनि अहिले नै भारी वर्षा हुने निश्चित नभएको बताएका छन् ।

Ncell
Extreme Energy

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो डर देखाउन नभई सम्भावनाबारे जानकारी दिन राखेको हुँ । यो निश्चित पूर्वानुमान वा चेतावनी होइन ।’

उनका अनुसार अझै करिब दुई हप्ता बाँकी रहेकाले अरब सागरमा चक्रवात बन्ने वा नबन्ने, यसको मार्ग कस्तो हुने र नेपालमा कस्तो प्रभाव पर्ने भन्ने विषय अनिश्चित छ । आगामी मौसम पूर्वानुमानका आधारमा थप जानकारी सार्वजनिक गर्ने उनले बताएका छन् ।

यसैबीच, दसैँको मौसमबारे जानकारी दिँदै पोखरेलले बिहीबार अपराह्न र राति कमजोर पश्चिमी वायुको प्रभावले पश्चिम नेपालका केही स्थानमा हल्का वर्षा हुन सक्ने बताएका छन् । यसको प्रभाव भोलिसम्म रहन सक्ने र पहाडी भूभागका थोरै स्थानमा मात्रै वर्षाको सम्भावना रहेको उनको भनाइ छ ।

उनका अनुसार अष्टमीदेखि दसैँभरि समग्रमा मौसम राम्रो रहने देखिए पनि केही स्थानमा छोटो समयका लागि हल्का वर्षा हुन सक्ने सम्भावना छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस, एमाले र माओवादीले २० वर्षमा नगरेको काम रास्वपाले ६ महिनामै गरेर बनायो रेकर्ड! चौतर्फी प्रशंसा

कांग्रेस, एमाले र माओवादीले २० वर्षमा नगरेको काम रास्वपाले ६ महिनामै गरेर बनायो रेकर्ड! चौतर्फी प्रशंसा

राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना नै सुशासनका लागि भएको छ। रास्वपाको एजेण्डालाई जनताले पनि रुचाए। चुनावमा दुईतिहाइ मत दिए।
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलिकोप्टरमार्फत उद्धार

उद्धारसँगै राहत वितरणको काम पनि तीव्र पारिएको उल्लेख छ । सरकार र विभिन्न सङ्घसंस्थाको सहयोगमा खाद्यान्न, टेन्ट, म्याट, सिरानी, सिरक, त्रिपाल, सोलार, जेनेरेटरलगायत राहत सामग्री वितरण भइरहेको सहायक...
कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने, अहिलेसम्म को को निर्वाचित भए ?

कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज बेलुकीसम्म आउने, अहिलेसम्म को को निर्वाचित भए ?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम आज बेलुकीसम्म सार्वजनिक हुने भएको छ ।
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत?

कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत?

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरीबाबु महर्जनले अग्रता लिएका छन्। ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।

भर्खरै