नेभिगेशन
समाज

भारत यसरी बन्दैछ चौथो ठूलो अर्थतन्त्र

बैंकक । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) को प्रक्षेपणअनुसार भारत सन् २०२७ मा जापानलाई उछिन्दै विश्वको चौथो ठूलो अर्थतन्त्र बन्ने भएको छ । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४५ खर्ब २० अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ भने जापान छैटौँ स्थानमा झर्ने अनुमान छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाममात्रको जीडीपीका आधारमा जापान यस वर्ष विश्वको चौथो ठूलो अर्थतन्त्र बन्नेछ । तर, सन् २०२७ मा भारत र बेलायतले जापानलाई पछाडि पार्ने आइएमएफको प्रक्षेपण छ । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र अमेरिका हो भने चीन दोस्रो र जर्मनी तेस्रो स्थानमा छन् ।

Ncell
Extreme Energy

विश्वव्यापी आर्थिक अवरोधका बीच भारतले पछिल्ला वर्षमा बलियो आर्थिक वृद्धि हासिल गरेको छ । आइएमएफले यसै साता सन् २०२६ का लागि भारतको आर्थिक वृद्धिदरको अनुमान बढाएर सात प्रतिशत पुर्‍याएको छ । यसको विपरीत, वृद्ध जनसङ्ख्या र संरचनात्मक समस्याका कारण जापानको आर्थिक वृद्धि सुस्त बनेको छ ।

एसिया–प्रशान्त क्षेत्रका लागि आइएमएफको क्षेत्रीय आर्थिक दृष्टिकोण बिहीबार सार्वजनिक गर्दै एसिया निर्देशक कृष्ण श्रीनिवासनले इरानमाथि अमेरिका र इजरायलको युद्धका कारण ऊर्जा मूल्यमा परेको असर सामना गर्न भारत तुलनात्मक रूपमा बलियो अवस्थामा रहेको बताए । भारतको आर्थिक वृद्धि बलियो रहेको, वित्तीय अनुशासन कायम भएको र पर्याप्त विदेशी मुद्रा सञ्चिति रहेकाले ऊर्जा मूल्यको धक्कालाई सामना गर्न सहज भएको उनको भनाइ थियो ।

आइएमएफले जापानको आर्थिक वृद्धिदर सन् २०२६ मा शून्य दशमलव सात प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । ऊर्जा मूल्यवृद्धि र व्यापक मुद्रास्फीतिले जापानको अर्थतन्त्रमा दबाब बढाएको छ । सन् २०२२ को वसन्तयामदेखि निरन्तर बढिरहेको उपभोक्ता मूल्यमा इरान युद्धका कारण ऊर्जा महँगिएपछि थप चाप परेको छ । यसले जापानको केन्द्रीय बैंकलाई तीन दशकयताकै उच्च ब्याजदरमा पुर्‍याएको छ ।

अमेरिकी डलरको तुलनामा येनको मूल्य गर्मीयाममा ४० वर्षयताकै न्यून स्तरमा झरेपछि आयात लागतसमेत बढेको छ । वृद्ध जनसङ्ख्याले पनि जापानको आर्थिक गतिविधिमा असर पारेको छ ।

श्रीनिवासनले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा भइरहेको लगानीले जापानको अर्थतन्त्रलाई फाइदा पुर्‍याए पनि यसबाट क्षेत्रका अन्य अर्थतन्त्रको तुलनामा उल्लेखनीय बढी लाभ नपुगेको बताए । 

यसैबीच, एआई क्षेत्रका कम्पनीहरूको नाफाबारे शङ्का बढेपछि प्रविधि कम्पनीका सेयरमा गिरावट आएको छ । त्यसको असर जापानको प्रमुख सेयर बजार सूचक निक्केईमा पनि परेको छ । बिहीबार निक्केई सूचक करिब पाँच प्रतिशतले घटेको छ ।– रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमकाे शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग सुडानी राजदूत एल्टोमकाे शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत मोहम्मद अब्दल्ला अली एल्टोमले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया,  स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्रीपत्नी सविनाको एपेन्डिसाइटिस शल्यक्रिया, स्वास्थ्यावस्था सामान्य

प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेको त्रिवि शिक्षण अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।
निम्सदाईकाे परिकल्पना र नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

निम्सदाईकाे परिकल्पना र नेतृत्वमा सगरमाथा क्षेत्रमा निर्माण गरिएको लोबुचे पोर्टर हाउसलाई अन्तर्राष्ट्रिय अवार्ड

सगरमाथा क्षेत्रको पाँच हजार मिटरभन्दा बढी उचाइमा निर्माण गरिएको पोर्टर हाउसले हिमाली क्षेत्रमा काम गर्ने भरियाहरूलाई सुरक्षित आश्रय र विश्रामको सुविधा प्रदान गर्दै आएको छ । हिमाली पर्यटनलाई...
नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीय २३३ परिवारले अब आफ्नो जग्गामाथिको कानुनी स्वामित्व औपचारिक रूपमा प्राप्त गरेका हुन्। नापी कार्यालय धनौजीलो आवश्यक कानुनी प्रक्रिया पूरा गरी...

भर्खरै