नेभिगेशन
समाज

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले विभिन्न समूह बनाएर मतगणना भइरहेको र आवश्यकताअनुसार गणनास्थल थप गरेर आजै परिणाम सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिए ।

Ncell
Extreme Energy

मतगणनाको परिणाम सार्वजनिक हुने क्रममा दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन् । उनले ४ हजार ८०३ मत प्राप्त गर्दा प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२० र नरेन्द्र पासवानले ७७२ मत पाएका छन् ।

दलित महिलातर्फका पाँच केन्द्रीय सदस्य पनि निर्वाचित भएका छन् । सीता मिजारले ३ हजार ४३३, शान्ति परियार (विक)ले २ हजार ९६४, रुपा विकले २ हजार ६४९, कमला नेपालीले २ हजार ५५३ र छायाँ सुनुवारले २ हजार ११२ मत प्राप्त गरेका छन् ।

त्यस्तै, दलित मधेसीतर्फ धर्मेन्द्र पासवान ३ हजार १०५ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उक्त समूहमा राजकुमार पासवानले १ हजार २३३, चन्द्रेश्वर शर्मा बजबलेले ६५१, मुनेश्वर साफीले ६०६ र मानवीर रजक साफीले ३११ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार अहिले मधेस प्रदेश भूगोलतर्फका केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्य, खुला समूह, ३५ वर्षमुनिका महिला तथा पुरुष र खुलातर्फका उम्मेदवारको मतगणना भइरहेको छ ।

संयोजक खड्काका अनुसार खुलातर्फका ४५ केन्द्रीय सदस्यको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि असोज २३ गते मतदान भएको थियो । सभापति, उपसभापति र महामन्त्रीसहित प्रमुख पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ । सहमहामन्त्रीका विभिन्न समूह र केन्द्रीय सदस्यका लागि भएको मतगणना चरणबद्ध रूपमा भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।