नेभिगेशन
समाज

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुवै विमानस्थलको निरीक्षण गरेर फर्किएका मन्त्री पौडेलले बिहीबार मन्त्रालयमा प्राधिकरणका पदाधिकारीसँग छलफल गर्दै आवश्यक प्राविधिक तथा सम्भाव्यता अध्ययन अघि बढाउन निर्देशन दिएका हुन् ।

Ncell
Extreme Energy

क्यानका अनुसार मन्त्री पौडेलको नेतृत्वमा प्राधिकरण तथा नागरिक उड्डयन क्षेत्रका पदाधिकारीले असोज २१ देखि २६ गतेसम्म नेपालगञ्ज, दाङ, रारा र जुम्ला विमानस्थलको निरीक्षण गरेका थिए । भ्रमणका क्रममा विमानस्थलको पूर्वाधार, प्राविधिक अवस्था, सञ्चालन क्षमता र सेवा सुधारका सम्भावनाबारे अध्ययन गरिएको थियो ।

क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार टरिगाउँ विमानस्थलको विकास तथा विस्तारका सम्भावना अध्ययन गरी हवाई यातायात सेवालाई थप सहज र सुलभ बनाउने लक्ष्य राखिएको छ । विमानस्थलको स्तरोन्नतिबाट पर्यटन प्रवर्द्धन र क्षेत्रीय विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, रारा विमानस्थलको हालको संरचनालाई स्तरोन्नति तथा विस्तार गर्न सकिने सम्भावनाबारे अध्ययन गरिनेछ । आवश्यकताअनुसार वैकल्पिक स्थानमा नयाँ विमानस्थल निर्माण गर्न सकिने सम्भावनाको समेत प्राविधिक तथा सम्भाव्यता अध्ययन गर्न मन्त्री पौडेलले निर्देशन दिएका छन् ।

दुवै विमानस्थलको विकासका लागि आवश्यक पूर्वाधार पहिचान, प्राविधिक विश्लेषण र आगामी कार्ययोजना निर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिइएको क्यानले जनाएको छ ।

विमानस्थलको विकास तथा विस्तार प्रक्रिया अघि बढेमा हवाई यातायातको पहुँच विस्तार हुनुका साथै पर्यटन र स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने...
भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब विप्रेषण

चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ ।