नेभिगेशन
समाज

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि नगरपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका महामन्त्री विपिन आचार्यले सामाजिक सञ्जालमार्फत नगरपालिका क्यान्डिडेट क्लबमा आवेदन खुला गरिएको जानकारी दिएका हुन्।

Ncell
Extreme Energy

रास्वपाले यस क्लबमार्फत देशभरका २७६ नगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार छनोट प्रक्रिया अघि बढाउने जनाएको छ।

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट प्रक्रिया सुरु हुनेछ।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने रूपरेखाअन्तर्गत क्लब सञ्चालनमा ल्याइएको आचार्यले बताएका छन्।

‘यो नगरको माटोमा अपार सम्भावना छ तर यो नगरलाई अब अरूले बनाइदिन्छन् भनेर पर्खिने धैर्यता ममा छैन,’ आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गुनासो गर्ने भिडबाट निस्केर, आफैँ मैदानमा उत्रिएर काम गर्ने हुटहुटीले अचेल मलाई निदाउनै दिँदैन।’

इमानदारिता, क्षमता र स्पष्ट योजनाका साथ आफ्नै पालामा नगरको काँचुली फेर्न चाहनेहरूका लागि यो अवसर हुन सक्ने उनको भनाइ छ।

नगरपालिका क्यान्डिडेट क्लबमा आवेदन दिन इच्छुक व्यक्तिले रास्वपाको मोबाइल एपमा लगइन गर्नुपर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...
कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

कांग्रेस महाधिवेशनको मतगणना आजै सक्ने तयारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणना बिहीबार राति नै सक्ने तयारी गरिएको छ । निर्वाचन समितिले आवश्यक परे गणनास्थल थप गरेर राति १० बजेसम्म सबै परिणाम सार्वजनिक गर्ने...