नेभिगेशन
समाज

आश्विन शुक्ल षष्ठी- आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँघर तथा पूजा कोठामा नवदुर्गामध्येकी छैटौँ देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।

Ncell
Extreme Energy

पौराणिक कथाअनुसार, देवताहरूको कार्यसम्पादनका लागि भगवती देवी कात्यायन ऋषिको आश्रममा अत्यन्त सुन्दरी कन्याका रूपमा अवतार लिएकी थिइन्। उनको बालसौन्दर्यबाट मुग्ध भएर कात्यायन ऋषिले पुत्रीका रूपमा स्वीकार गरेकाले उनको नाम कात्यायनी रहेको विभिन्न पौराणिक ग्रन्थमा उल्लेख छ।

कात्यायनी देवीको आज विशेष पूजा आराधना गरिन्छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठ गर्ने परम्परा छ। नवरात्रमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।

नवरात्रको पहिलो दिन असोज २५ गते आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो। त्यस दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा आराधना गरिएको थियो। दोस्रो दिन सोमबार ब्रह्मचारिणी, तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा, चौथो दिन बुधबार कुष्माण्डा र पाँचौँ दिन स्कन्दमाता देवीको पूजा आराधना गरिएको थियो।

नवरात्रको सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ। यी नौवटै देवीका रूपलाई नवदुर्गा भनिन्छ।

नवरात्रका नौ दिन पूजा आराधना गरेपछि प्रसादस्वरूप लगाइने टीका र जमरा देशका धेरै भागमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने चलन छ। कतिपय ठाउँमा भने कुल परम्पराअनुसार विजयादशमीका दिन मात्रै टीका लगाउने प्रचलन छ।

शास्त्रीय रूपमा दुर्गा पक्षभर अर्थात् कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीको प्रसादका रूपमा जमरा र टीका लगाउन सकिने व्यवस्था रहेको धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई बताउँछन्। यसरी नेपालीले १५ दिनसम्म बडादसैँ पर्व धुमधामका साथ मनाउँछन्।

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणी र बगलामुखीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।

त्यसैगरी, उपत्यकाबाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, पाथीभरा, दन्तकाली, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, बडीमालिका र उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लागेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिददर १५१.८० रुपैयाँ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिददर १५१.८० रुपैयाँ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पहिरोले खोस्यो घर, खेत र सहारा, चिनाखेतवासीको खल्लो दसैँ

पहिरोले खोस्यो घर, खेत र सहारा, चिनाखेतवासीको खल्लो दसैँ

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन।

भर्खरै