काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्।
पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको थियो। ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शङ्कर बुढाथोकीले जानकारी दिए।
उनका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटामा बाढीका कारण लट्ठा बटारिएको, डेक तथा बिम बगाएको र साइडको जाली बगाएको लगायतका क्षति पुगेको थियो। बाँकी सातवटा पुलमा भने सामान्य क्षति पुगेको थियो।
बढी क्षति भएका ११ वटा पुलका बटारिएका लट्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने, नयाँ स्टिल डेक र बिम जडान गर्ने तथा साइडको जाली राख्नेलगायत काम गरी मर्मत गरिएको थियो। बाँकी सातवटा पुलको सामान्य मर्मतपछि सञ्चालनमा ल्याइएको बुढाथोकीले बताए।
उनका अनुसार ती पुल मर्मतका लागि करिब साढे पाँच करोड रुपैयाँ खर्च भएको छ।
बृहत् मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुङ्गे पुल, बेलकोटगढी–५ र धादिङको गल्छी–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुल, बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुङ्गे पुल तथा धादिङको सिद्धलेक–३ र बेनीघाट रोराङ–३ जोड्ने झोलुङ्गे पुल छन्।
त्यस्तै, नुवाकोटको बेलकोटगढी–५ को केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने झोलुङ्गे पुल, धादिङको सिद्धलेक–६ र गजुरी–१ जोड्ने झोलुङ्गे पुल, गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टार झोलुङ्गे पुल, गल्छी–१ र वडा नम्बर ४ जोड्ने झोलुङ्गे पुल तथा गल्छी–२ र वडा नम्बर ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुङ्गे पुल पनि बृहत् मर्मत गरिएका छन्।
यसैगरी, नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–२ जोड्ने कोल्पु कल्लेरीघाट पुल तथा गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने झोलुङ्गे पुलको पनि बृहत् मर्मत गरिएको छ।
सामान्य मर्मत गरिएका पुलमा गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे झोलुङ्गे पुल, धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प झोलुङ्गे पुल, सिद्धलेक–५ र बेनीघाट रोराङ–३ जोड्ने मलेखु झोलुङ्गे पुल तथा गल्छी–२ र वडा नम्बर ४ जोड्ने बेल्खु भुतिया झोलुङ्गे पुल छन्।
त्यस्तै, गोरखाको सहिद लखन–४ र चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार) झोलुङ्गे पुल, धादिङको गल्छी–२ र वडा नम्बर ४ जोड्ने महादेवस्थान झोलुङ्गे पुल तथा गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ झोलुङ्गे पुल पनि सामान्य मर्मतपछि सञ्चालनमा ल्याइएको कार्यालयले जनाएको छ।
१. बृहत् मर्मत गरिएका पुल
|
क्र.सं.
|
पुलको नाम / जोड्ने स्थान
|
|
१
|
पिमलटार जागाराम झोलुङ्गे पुल — नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२
|
|
२
|
फोस्रेटार झोलुङ्गे पुल — नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–१
|
|
३
|
जिलिङस्थित झोलुङ्गे पुल — नुवाकोटको बेलकोटगढी–८ र विदुर नगरपालिका–३
|
|
४
|
झोलुङ्गे पुल — धादिङको सिद्धलेक–३ र बेनीघाट रोराङ–३
|
|
५
|
झोलुङ्गे पुल — नुवाकोटको बेलकोटगढी–५ को केउरेनी गहते र धादिङको गल्छी–१
|
|
६
|
झोलुङ्गे पुल — धादिङको सिद्धलेक–६ र गजुरी–१
|
|
७
|
महेशदोभान मास्टार झोलुङ्गे पुल — धादिङको गल्छी–१ र गल्छी–६
|
|
८
|
झोलुङ्गे पुल — धादिङको गल्छी–१ र गल्छी–४
|
|
९
|
शीतलबजार क्युरेनीटार झोलुङ्गे पुल — धादिङको गल्छी–२ र गल्छी–४
|
|
१०
|
कोल्पु कल्लेरीघाट पुल — नुवाकोटको बेलकोटगढी–५ र धादिङको गल्छी–२
|
|
११
|
झोलुङ्गे पुल — गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७
|
२. सामान्य मर्मत गरिएका पुल
|
क्र.सं.
|
पुलको नाम / जोड्ने स्थान
|
|
१
|
बादरे झोलुङ्गे पुल — गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५
|
|
२
|
बिहानी पम्प झोलुङ्गे पुल — धादिङको सिद्धलेक–६ र गजुरी–२
|
|
३
|
मलेखु झोलुङ्गे पुल — धादिङको सिद्धलेक–५ र बेनीघाट रोराङ–३
|
|
४
|
बेल्खु भुतिया झोलुङ्गे पुल — धादिङको गल्छी–२ र गल्छी–४
|
|
५
|
कुरिनटार (लेवाटार) झोलुङ्गे पुल — गोरखाको सहिद लखन–४ र चितवनको इच्छाकामना–४
|
|
६
|
महादेवस्थान झोलुङ्गे पुल — धादिङको गल्छी–२ र गल्छी–४
|
|
७
|
फिस्लिङ झोलुङ्गे पुल — गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३
|