नेभिगेशन
समाज

यी स्थानमा आज वर्षा तथा हिमपातको सम्भावना

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।

Ncell
Extreme Energy

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आंशिक बादल लाग्ने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

हिमाली भूभागका थोरै स्थानमा, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आज र भोलि पश्चिमी न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहने सम्भावना छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिददर १५१.८० रुपैयाँ

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिददर १५१.८० रुपैयाँ

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
पहिरोले खोस्यो घर, खेत र सहारा, चिनाखेतवासीको खल्लो दसैँ

पहिरोले खोस्यो घर, खेत र सहारा, चिनाखेतवासीको खल्लो दसैँ

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस वर्ष दसैँतिहारको कुनै रौनक छैन।
भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली बाढीले क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएका छन्।

भर्खरै