नेभिगेशन
समाज

रास्वपा सचेतक परियारको रिपोर्ट कार्ड: सामाजिक न्याय, सुशासन र कानुन निर्माणमा प्रभावकारी भूमिका

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारको प्रतिनिधिसभाको दोस्रो अधिवेशनमा गरेका क्रियाकलाप, भूमिका र प्रगति विवरण सहितको रिपोर्ट कार्ड सार्वजनिक भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रिपोर्ट कार्डअनुसार, संसदको दोस्रो अधिवेशनमा जनजिवीका, सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक जवाफदेहितासँग सम्बन्धित विषयमा सदनको ध्यानाकर्षण गराएको उल्लेख छ।

Ncell
Extreme Energy

साथै, विधायिकी प्रक्रियामा सहभागिता जनाउँदै सत्तारुढ दलको सचेतकका रूपमा खेलेको समन्वयकारी र नेतृत्वदायी भूमिकावारे रिपोर्ट कार्डमा उल्लेख छ।

जनसरोकारका मुद्दामा सदनको ध्यानाकर्षण

परियारको रिपोर्ट कार्डमा सामाजिक न्याय र नागरिक अधिकारसँग सम्बन्धित विभिन्न मुद्दालाई प्राथमिकताका साथ उठाइएको उल्लेख छ।

उनले सामाजिक न्याय र जनजीविकाका सवाल, सहकारी क्षेत्रका समस्या, सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था तथा नागरिकको अधिकारसँग जोडिएका विषयमा सदनमा प्रभावकारी रुपमा आवाज उठाएको विवरणमा जनाइएको छ।

त्यस्तै, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्यसम्बन्धी सचेतना, पूर्ण प्रेस स्वतन्त्रता र सामाजिक रूपान्तरणका विषयलाई पनि परियारले प्राथमिकतामा राखेको कार्डमा उल्लेख छ।

जलवायु न्याय, आकाश तथा सवारीसाधनबाट हुने ध्वनि प्रदूषण, कृत्रिम अभाव र कालोबजारी नियन्त्रणजस्ता विषयमा समेत सरकारको विशेष ध्यानाकर्षण गराइएको रिपोर्ट कार्डमा उल्लेख छ।

दलित समुदायमाथिको ऐतिहासिक विभेद, उनीहरूको अधिकार तथा सामाजिक न्यायका सवालमा नीतिगत सुधारको आवश्यकता औँल्याउँदै उनले सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको अवस्था सुधार गर्नुपर्ने विषयलाई पनि महत्त्वका साथ उठाएको विवरणमा उल्लेख गरिएको छ।

विधेयक संशोधन र संसदीय टिप्पणीमा सहभागिता

संसद्मा विधेयक निर्माण तथा संशोधन प्रक्रियामा पनि परियारको कार्यप्रगति विवरणको अर्को महत्त्वपूर्ण पक्षको रुपमा उल्लेख गरिएको छ।

रिपोर्ट कार्डअनुसार उनले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ माथि संशोधन तथा टिप्पणी गरेका छन्।

त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन विधेयक, नेपाल विशेष सेवा विधेयक, फौजदारी कसुरसँग सम्बन्धित विधेयक तथा प्रतिनिधिसभा नियमावलीसम्बन्धी विषयमा समर्थन, संशोधन वा टिप्पणी प्रस्तुत गरेको विवरणमा उल्लेख छ।

आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको धारणासमेत उनले सदनमा राखेका थिए, यी गतिविधिले विधेयक तथा नीतिगत प्रस्तावमाथि संसदीय बहसमा परियारको उल्लेखनीय सहभागिता जनाएको देखाउँछन्।।

सचेतकका रूपमा संसदीय समन्वय

संसदीय दलको सचेतकका रूपमा परियारले सदनमा पार्टीको भूमिका प्रभावकारी बनाउने, समन्वय,सहकार्य र सांसदहरूलाई संसदीय गतिविधिमा सक्रिय गराउने तथा दलको नीति र धारणाअनुसार समन्वय र कार्यान्वयन गर्ने गराउने जिम्मेवारीलाई प्राथमिकता दिएको रिपोर्ट कार्डमा उल्लेख छ।

संसदीय दलको बैठकमा नियमित उपस्थिति, विधायिकी कार्यव्यवस्थामा सकृयता, प्रभावकारी परामर्श, सांसदहरूबीच समन्वय तथा संसदीय मर्यादा र प्रक्रियाको निरन्तरतामा रचनात्मक अभ्यास गरिएको रिपोर्ट कार्डमा जोड दिइएको छ।

संसदीय समितिमा सक्रियता

रिपोर्ट कार्डमा संसदीय समितिका बैठक तथा छलफलमा सहभागितालाई पनि स्थान दिइएको छ। कानुन निर्माण, न्याय तथा मानव अधिकारसँग सम्बन्धित विषयमा समितिगत छलफल र बैठकमा सकृय,रचनात्मक र परिणाममसखी सहभागिता जनाएको विवरण प्रस्तुत गरिएको छ।

समितिगत काममार्फत विधेयकको अध्ययन, कानुनी व्यवस्थामाथिको छलफल र नीतिगत विषयमा योगदान पुर्‍याउने भूमिका संसदीय कार्यको महत्त्वपूर्ण पक्षका रूपमा देखाइएको छ।

सामाजिक रूपान्तरण र सार्वजनिक बहसमा सहभागिता

सचृतक परियारको रिपोर्ट कार्डअनुसार उनले सामाजिक रूपान्तरण, साहित्यिक बहस, सार्वजनिक उपन्यास विमोचन, शैक्षिक परामर्श तथा राजनीतिक दलहरूसँग सम्बन्धित छलफलमा संसदीय दलको तर्फबाट जिम्मेवार सहभागिता जनाएका छन्।

रिपोर्ट कार्डले दोस्रो अधिवेशनमा प्रकाशचन्द्र परियारको भूमिका सदनमा जनसरोकारका मुद्दा उठाउने, विधेयक तथा संशोधन प्रक्रियामा सहभागी हुने, संसदीय दलभित्र समन्वय गर्ने र सामाजिक तथा राजनीतिक गतिविधिमा संलग्न रहने विषयमा केन्द्रित रहेको देखाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध आणविक (परमाणु) हतियारको प्रयोग नगर्ने बताएका छन्।
ममता काफ्ले भट्ट हत्या प्रकरण: प्रहरीले अदालतमा पेस गर्‍यो अर्को ठूलो प्रमाण

ममता काफ्ले भट्ट हत्या प्रकरण: प्रहरीले अदालतमा पेस गर्‍यो अर्को ठूलो प्रमाण

सन् २०२४ मा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव टुक्रा-टुक्रा पारेर फ्याँकेको अभियोग लागेका उत्तरी भर्जिनियाका नरेश भट्टविरुद्धको मुद्दामा अभियोजकहरूले अदालतमा एउटा ठूलो भौतिक प्रमाण प्रस्तुत...
सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले देशका सुन्दरी (ब्युटी) प्रतियोगिताहरूमाथि पूर्ण रूपमा रोक लगाउँदै युवतीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रवर्द्धन गर्ने नयाँ अभियान सुरु गरेको छ।
कांग्रेस सहमहामन्त्री (खसआर्य)मा मनोजमणि आचार्य विजयी, जगदीश्वर नरसिंह केसी ४४९ मतान्तरले पराजित

कांग्रेस सहमहामन्त्री (खसआर्य)मा मनोजमणि आचार्य विजयी, जगदीश्वर नरसिंह केसी ४४९ मतान्तरले पराजित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्।

भर्खरै