नेभिगेशन
समाज

ममता काफ्ले भट्ट हत्या प्रकरण: प्रहरीले अदालतमा पेस गर्‍यो अर्को ठूलो प्रमाण

मानासास, भर्जिनिया (अमेरिका) । सन् २०२४ मा आफ्नी पत्नी ममता काफ्ले भट्टको हत्या गरी शव टुक्रा-टुक्रा पारेर फ्याँकेको अभियोग लागेका उत्तरी भर्जिनियाका नरेश भट्टविरुद्धको मुद्दामा अभियोजकहरूले अदालतमा एउटा ठूलो भौतिक प्रमाण प्रस्तुत गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रिन्स विलियम काउन्टी प्रहरीका अनुसन्धानकर्ता जोसेफ रेस्टिनोले अदालतका ज्युरी (निर्णायक मण्डल) अगाडि ८ फिट लम्बाई र १० फिट चौडाइको कार्पेटको टुक्रा ओछ्याएर देखाएका हुन्। रेस्टिनोले उक्त कार्पेट दम्पतीको घरको बेडरुम (सुत्ने कोठा) बाट काटिएर निकालिएको बयान दिए। कोठामा 'ब्लुस्टार' (रगत पत्ता लगाउने रसायन) प्रयोग गर्दा प्रतिक्रिया देखाएको ठाउँ मुनि भेटिएको रगत जस्तो दागको फोटो पनि ज्युरीलाई देखाइएको थियो।

Ncell
Extreme Energy

अनुसन्धानकर्ता रेस्टिनोले रसायन परीक्षणमा चम्किएको कार्पेटको भाग नै अदालतमा ल्याइएको बताए। प्रहरी कार्यालयमा उक्त कार्पेटको नमुना प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको थियो। प्रारम्भिक स्वाब परीक्षणमा 'पिंक' (गुलाबी) रङ देखिएको थियो, जसले रगतको उपस्थिति पुष्टि गर्छ। सुत्ने कोठाभित्र यस्तो ठूलो मात्रामा रगतको प्रतिक्रिया देखिनु असामान्य रहेको रेस्टिनोले अदालतलाई बताए।

यस्तै, अनुसन्धानका क्रममा बाथरुमबाट निकालिएको बाथटब (Bathtub) मुनि पनि रातो-खैरो रङको दाग भेटिएको थियो। बाथटबको सिलिङ (छेउछाउको भाग) बाट धेरै मात्रामा रगत बगेर मुनि पुगेको अनुसन्धानकर्ताहरूको अनुमान छ।

भट्टका तर्फबाट बहस गरिरहेका वकिलहरूले भने यस फरेन्सिक निष्कर्षमाथि प्रश्न उठाएका छन्। सहायक प्रतिवादी वकिल लरेल रोडवाल्डले ब्लुस्टार विशेषज्ञ न्यान्सी सुलिन्स्की-स्टेफेन्सलाई के रसायनको प्रतिक्रियाले मात्र कुनै पदार्थ कसरी वा किन त्यहाँ पुग्यो भन्ने कुरा खुलाउँछ भनी सोधेका थिए।

जवाफमा सुलिन्स्की-स्टेफेन्सले यस परीक्षणका सीमाहरू रहेको स्वीकार गर्दै ब्लुस्टार अनुसन्धानका लागि प्रयोग गरिने रसायन भए पनि यसले शतप्रतिशत रगत नै हो भनेर पुष्टि नगर्ने बताइन्।

घटना कसरी भएको थियो ?

सन् २०२४ अगस्टमा पक्राउ परेदेखि नै हिरासतमा रहेका नरेश भट्टमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग छ। ममता काफ्ले भट्टको शव भने हालसम्म फेला परेको छैन।

ममता अगस्ट १, २०२४ मा आफ्नो कार्यस्थल (युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टर) मा अनुपस्थित भएपछि अनुसन्धान सुरु भएको थियो। लगातार दुई पटक काममा नआएपछि उनका सहकर्मीहरूले प्रहरीलाई खबर गरेका थिए।

सुरुमा प्रहरी पुग्दा नरेश भट्टले आफ्नी श्रीमती हराएको कुरा अस्वीकार गर्दै अन्तिम पटक जुलाई २९ मा देखेको बताएका थिए। तर, साथीभाइ र परिवारले ममताले आफ्नी नाबालक छोरीलाई छाडेर कतै नजाने बताएका थिए।

त्यसपछि अगस्ट ५, २०२४ मा भट्ट आफैंले प्रहरीमा श्रीमती हराएको निवेदन दिँदै उनी श्रीमतीले छाडेर जाने धम्की दिएको र कतै डिभोर्स (सम्बन्धविच्छेद) को कुरा निकालेका थिए। सोही दिन अधिकारीहरूले ममतालाई अननिच्छुक रूपमा हराएको घोषणा गरेका थिए।

सुत्ने कोठा र बाथरुममा ठूलो मात्रामा रगतको दाग भेटिएपछि प्रहरीले अगस्ट २२, २०२४ मा भट्टलाई हिरासतमा लिएको थियो। अदालतको कागजात अनुसार घरबाट कपालका टुक्राहरू अड्किएको एउटा बिजुलीको करौँती जफत गरिएको थियो भने भट्ट धेरै वटा फोहोर फाल्ने ठाउँमा पुगेको प्रमाण पनि भेटिएको थियो।

बिहीबार अदालतमा कार्पेट प्रस्तुत गर्नुअघि बुधबार पनि दिनभर फरेन्सिक साक्षीहरूको बयान र भिडियो/फोटोहरू ज्युरीलाई देखाइएको थियो। जसमा बाथरुमको झ्यालबाट लिइएका दागहरू, प्लास्टिकका टाइहरू, सफा गर्ने रसायनहरू र तीन वटा म्याद नसकिएका क्रेडिट कार्डसहितको ममताको वालेट (लेडिज पर्स) समावेश थिए।

अभियोजकहरूले भट्टको मोबाइल फोन रेकर्ड र उनको टेस्ला कारसँग जोडिएका डाटाहरू पनि अदालतमा पेस गर्न थालेका छन्।

यस मुद्दाको अर्को सुनुवाइ आगामी सोमबार, अक्टोबर १९ मा हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दशैँको मुखमा नेपाल टेलिकमले ल्यायो नयाँ प्याकेज

दशैँको मुखमा नेपाल टेलिकमले ल्यायो नयाँ प्याकेज

सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।
बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी ‘पूर्ण शान्ति पुरस्कार’ द्वारा सम्मानित

बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसी ‘पूर्ण शान्ति पुरस्कार’ द्वारा सम्मानित

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीलाई पूर्ण शान्ति पुरस्कारद्वारा सम्मान गरिएको छ ।
के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

के ट्रम्पले इरानमाथि आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेका छन् ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध आणविक (परमाणु) हतियारको प्रयोग नगर्ने बताएका छन्।
सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

सुन्दरी प्रतियोगिता रोकेर बुर्किना फासोमा युवतीहरूका लागि राष्ट्रिय विज्ञान प्रतिस्पर्धा

पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोले देशका सुन्दरी (ब्युटी) प्रतियोगिताहरूमाथि पूर्ण रूपमा रोक लगाउँदै युवतीहरूलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रवर्द्धन गर्ने नयाँ अभियान सुरु गरेको छ।

भर्खरै